आइतवार, आश्विन १८ २०७७
नेपाल वाइड
सुनसरी । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीको सेवा अबरुद्ध भएको छ । मालपोत कार्यालयले सुचना जारी गर्दै अशोज २४ गतेको लागि सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिएको छ ।
कार्यालयका केहि कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसका अलावा अन्य अधिकांश कर्मचारी समेत बिरामी भई घर बिदामा बसेकाले सम्भावित लक्षण र संक्रमणको जोखिमलाई मध्यनजर गर्दै २४ गते सम्मको लागि कार्यालय पूर्ण रुपमा बन्द रहने छ । कार्यालयद्वारा जारी सुचनामा भनिएको छ ।
शंका लागि केहि कर्मचारीले आफैंले कोरोना परीक्षण गराएका थिए । जसमध्ये केहीमा संक्रमण पुष्टि भएको बताईएको छ ।