आइतवार, आश्विन १८ २०७७
नेपाल वाइड
राङजुङ यसे सेनफेनले उपलव्ध गराएको खाद्यान्न वितरण गर्दै मेयर इवन राई र उपयमेर बिमला राई ।
खोटाङ । असोज १८, काठ्माण्डौंको राङजुङ यसे सेनफेन नामक सामाजिक संस्थाले खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका तीन सय परिवारलाई खाद्यान्न प्रदान गरेको छ । सेतो गुम्बा बौद्ध काठ्माण्डौं अन्तरगतको राङजुङ यसे सेनफेनले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित महेन्द्रोदय माविमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई चामल, दाल, दाल, नुन, मस्यौरा, तेल लगायत प्रदान गरेको हो ।
महेन्द्रोदय माविमा कक्षा १ देखि १० सम्म अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकलाई प्रतिव्यक्ती ३० केजी चामल, ३ केजी दाल, १ केजी नुन, १ केजी मस्यौरा, १ लिटर तेलका साथमा २ वटा सावुन प्रदान गरेको छ । राङजुङ यसे सेनफेनले आइतबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईको हातबाट विद्यार्थीका अभिभावकलाई खाद्यान्न प्रदान गरेको हो ।
कलडाउनकाबेला स्थानीयलाई खाद्यान्न बाँडेको राङजुङ यसे सेनफेनले पुःन दशैंतिहार अगाडि खाद्यान्न बाँडेको हो । महेन्द्रोदय माविका कक्षा १ देखी कक्षा ६ सम्म अध्ययनरत विधार्थीलाई २०७५ सालदेखी बेला–बेलामा निःशुल्क स्टेशनरी र नियमित टिफिन (खाजा) खुवाउदै आएको संस्थाले लकडाउनकाबेला तिनै विद्यार्थीका ८८ अभिभावकलाई गत असार १२ गते खाद्य सामग्री प्रदान गरेको थियो ।
यस्तै, साउन १० गते हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका ४३ घर परिवार र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका २२ घर परिवारलाई ३०/३० केजीका दरले चामल प्रदान गरेको जनाएको छ ।