सोमवार, आश्विन १९ २०७७
नेपाल वाइड
खोटाङ । असोज १९, यलम्वर संगीत प्रतियोगिताको छैठौं संस्करणका लागि ५० प्रतियोगी छानिएका छन् । किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समितिले अनलाईनमार्फत विश्वब्यापी रुपमा सञ्चालन सुरु गरेको पहिलो चरणको छनौट प्रतियोगीताबाट ५० प्रतिष्पर्धी छानिएका हुन् ।
पहिलो चरणमा १० देशका २१३ जना प्रतिस्पर्धीमध्येबाट ५० जना प्रतियोगी छनौट गरिएको प्रतियोगिताका प्रचार–प्रसार विभाग संयोजक पदम थुलुङले वताए । प्रतियोगीले आफ्नो ‘ओरीजिनल’ आवाजलाई एमपीफोर फाईल भिडियो बनाएर आयोजकलाई उपलव्ध गराउनुपर्ने र आयोजकले सोही एमपीफोर फाईल भिडियोको आधारमा प्रतिष्पर्धा गराइने व्यवस्था मिलाइएको छ ।
सामाजिक–साँस्कृतिक जागरण अभियानका रुपमा हरेक वर्ष सञ्चालन गरिँदै आएको प्रतियोगितालाई यसपल्ट कोरोना भाइरसको महामारीका कारण अनलाईन संस्करणमार्फत विश्वव्यापी बनाइएको किरात राई साँस्कृतिक कलाकार संघले जनाएको छ ।
प्रतिष्पर्धाका लागि आयोजकले गत भदौ २५ गतेदेखि असोज १६ गतेसम्म एमपीफोर फाईल भिडियो पठाउन आव्हान गरेको थियो । प्रतियोगिताका प्रथम, दोश्रो, तेश्रो तथा दर्शकले रुचाएका उत्कृष्ट प्रतियोगीले क्रमशः नगद ३० हजार, १५ हजार, १० हजार र पाँच हजार नगद सहित प्रमाण–पत्र प्राप्त गर्ने किरात राई साँस्कृतिक कलाकार संघका केन्दीय अध्यक्ष रामकर राईले वताए ।
किराती इतिहास, मौलिकता, भाषा, संस्कार–संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा उत्थानको लागि किरात राई साँस्कृतिक कलाकार संघले यलम्वर संगीत प्रतियोगिता सुरु गरेको हो । हालसम्म सागर संसार राई, निश्चल राई, नम्रता राई, सोनाम राई र अम्विका राईले यलम्वर संगीत प्रतियोगिताको पहिलो उपाधि हात पारिसकेका छन् ।
प्रतियोगीतामा किरात राई समुदायका प्रतिभाले मात्र सहभागीता जनाउन पाउने व्यवस्था छ भने सहभागीले किराती विषयमा सम्वन्धित गीतलाई ट्र्याकमा प्रस्तुत गर्नुपर्ने छ ।
यलम्वर संगीतका ५० प्रतियोगी (नामावलीसहित)
१ लकेश राई खोटाङ
२ ईन्द्रकला राई भक्तपुर
३ प्रबृति राई खोटाङ
४ दशरथ राई खोटाङ
५ मञ्जु राई खोटाङ
६ रोशन वान्तवा सुच्चा राई धरान
७ मनोजकुमार राई ओखलढुंगा
८ विनोदविक्रम राई सोलुखुम्वु
९ चाँदनी राई ओखलढुंगा
१० संगिता राई खोटाङ
११ निलिमा साम्पाङ राई इजरायल
१२ पम्फा राई उदयपुर
१३ मीरा राई सिक्किम
१४ योगेश राई खोटाङ
१५ एलिना राई उदयपुर
१६ ममता राई धरान
१७ कमल राई कोरिया
१८ पुष्प राई इलाम
१९ कला चाम्लिङ राई झापा
२० धनराज राई भुटान
२१ यसकुमार राई खोटाङ
२२ सुमन चाम्लिङ राई भोजपुर
२३ धिरज राई उदयपुर
२४ कला ईशारा राई भोजपुर
२५ सविन राई कोरिया
२६ संगिन राई धनकुटा
२७ अलिना राई ललितपुर
२८ निलिमा राई धनकुटा
२९ वसन्त वान्तवा राई धरान
३० विनु राई धरान
३१ अनिल राई झापा
३२ शान्ति राई काठमाण्डौं
३३ मनकुमार राई धनकुटा
३४ सुदेश राई धरान
३५ राजकुमार राई मलेसिया
३६ जीवन चाम्लिङ राई झापा
३७ शुभकुमार राई ललितपुर
३८ पुर्णिमा राई धरान
३९ उमेश राई झापा
४० राजकुमार राई धरान
४१ अनिशा राई ईलाम
४२ नीरा राई धनकुटा
४३ सरगम राई ललितपुर
४४ दीपा खालिङ राई धनकुटा
४५ हेमन राई धरान
४६ योगेन्द्र राई कतार
४७ परीवुङ राई काठमाण्डौं
४८ सरिता राई ईटहरी
४९ गंगा राई ओखलढुंगा
५० विजय विश्वार राई धनकुटा