Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको खार्मीमा केन्द्रीय विद्युत प्रशारण लाईन विस्तार

    खोटाङको खार्मीमा केन्द्रीय विद्युत प्रशारण लाईन विस्तार


    • सोमवार, आश्विन १९ २०७७

    • नेपाल वाइड


    खोटाङको खार्मीमा केन्द्रीय  विद्युत प्रशारण लाईन विस्तार

                          खार्मीमा केन्द्रीय प्रशासणलाईन अन्तरगतको ट्रान्सफर्मर चार्ज गर्दै 

           खोटाङ । असोज १९, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा केन्द्रीय प्रशारण लाईन अन्तरगतको विद्युत विस्तार गरिएको छ । आर्थिक वर्ष २०७६/७७ मा नेपाल विद्युत प्राधिकरणले उलपव्ध गराएको ३२ लाख ३४ हजार ९ सय ३६ रुपैयाँ बजेटबाट खार्मीमा केन्द्रीय प्रशारण लाईन विस्तार गरिएको हो ।

           सोती र बाँझोबारीमा राखिएको ट्रान्सफर्मर चार्ज गरेर जालपा आधारभुत विद्यालयमा आइतबार साँझदेखि विद्युत बालिएको वडाध्यक्ष रामचन्द्र राईले बताए । खार्मीको सोती, बाँझोबारी, स्कुलडाँडा, साबु्रको गुरुङगाँउ र रुधालुङ क्षेत्रमा विद्युत बाल्ने अन्तिम तयारी गरिएको छ ।
    स्थानीयको घरमा विद्युत बाल्नका लागि मिटरबक्स जडान गर्न मात्र बाँकी रहेको वडाध्यक्ष राईले बताए । लामो प्रयासपछि खार्मीमा केन्द्रीय प्रशारण लाईन पुगेको हो । पेल्ट्रिसेट, सोलार र टुकीमा निर्भर रहदै आएका खार्मीका स्थानीय केन्द्रिय बिद्युत बिस्तार भएपछि उत्साहित बनेका छन् ।

         ‘उज्यालो वडा घोषणा’ गर्ने योजना अन्तर्गत हाल खार्मीको टोल–टोलमा मेनलाईन, शाखा लाईन विस्तार, घरघरमा वईरिङ र मिटरबक्स राख्ने काम तीब्ररुपमा भईरहेको वडाअध्यक्ष राईले बताए । वर्षौं अघि खार्मी हुँदै केपीलासगढी गाउँपालिकाको बासपानीमा विद्युत विस्तार गरिएको भए पनि खार्मीलाई यसपल्ट मात्र विद्युतले छाएको हो ।

    Kharmi Bidut.jpg

    ट्रान्सफर्मर चार्जपछि विद्युत उपभोक्ता समिती खार्मीका अध्यक्ष केमल राईलगायत । तस्बिर: सौजन्य दिल बस्नेत

    सम्बन्धित समाचार