Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसीमा तीन बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न सम्झौता

    हलेसीमा तीन बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न सम्झौता


    • सोमवार, आश्विन १९ २०७७

    • नेपाल वाइड


    हलेसीमा तीन बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न सम्झौता

                सम्झौतापत्र साटसाट गर्दै नगरप्रमुख ईवन राई उप-प्रमुख विमला राई र बैकका प्रतिनिधिलगायत

       खोटाङ । असोज १९, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले तीन वटा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको तयारी थालेको छ । विभिन्न स्थानीय तहमा ‘फेक डकुमेन्ट’ खडा गरेर सामाजिक सुरक्षा चुहावट भइरहेको खबर बाहिर आइरहेको अवस्थामा हलेसी तुवाचुङ नगरपालिकाले ११ वटा वडाका लाभग्राहीलाई माछापुछ्े बैंक, सालपा बिकास बैंक र सेञ्चुरी बैंकको महादेवस्थान शाखाबाट सामाजिक सुरक्षा भत्ता वितरणको तयारी गरेको हो ।

            ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक (दलित), ज्येष्ठ नागरिक एकल महिला, विधवा, क र ख वर्गका अपांग र दलित बालबालिकालाई पारदर्शी रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि तीन वटा बैंकसँग सम्झौता गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि सबै लाभग्राहीलाई नेपाल सरकारले जारी गरेको ‘सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५’ बमोजिम बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौता गरिएको छ ।

           सामाजिक सुरक्षा भत्ता वितरणलाई बैंकिङ प्रणालीमा लैजानका लागि सोमबार मेयर राई र उपमेयर बिमला राईले तीन बैंकसँग सम्झौता गरेका हुन् । आगामी दोश्रो चौमासिकदेखि माछापुछ्े बैंक, सालपा बिकास बैंक र सेञ्चुरी बैंकले आ–आफ्नो क्षेत्रमा पर्ने वडामा पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौतामा उल्लेख छ । नगरपालिकामा महिला १ हजार ८३१ जना र पुरुष १ हजार ११४ जना गरी २ हजार ९४५ जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही छन् ।

          माछापुछ्े बैंकबाट हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौैले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने छ ।

           यस्तै, सालपा बिकास बैंकबाट हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार र हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौता भएको छ । सेञ्चुरी बैंकबाट हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने मेयर राईले बताए ।

         सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउनका लागि नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मै बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि माछापुछ्े बैंकसँग सम्झौता गरेको थियो । सम्झौता अनुशार २०७६ साल असारमा बैंकमार्फत चौथो चौमासिकको भत्ता वितरण गर्दा २५ लाख रकम फिर्ता भएको मेयर राईले बताए ।

     

    सम्बन्धित समाचार