Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    विराटनगर विमानस्थल अब तीनै तहको सरकारको लगानीमा स्तरोन्नती गरिने

    विराटनगर विमानस्थल अब तीनै तहको सरकारको लगानीमा स्तरोन्नती गरिने


    • सोमवार, आश्विन १९ २०७७

    • नेपाल वाइड


    विराटनगर विमानस्थल अब तीनै तहको सरकारको लगानीमा स्तरोन्नती गरिने

            विमानस्थलका सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर गरिँदै ।

          विराटनगर विमानस्थलका लागि आवश्यक जग्गा अधिग्रहरण र विमानस्थल स्तरोन्नतिका लागि तीन तहका सरकारबीच सोमबार सम्झौता भएको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच विमानस्थलका लागि आवश्यक जग्गा अधिग्रहण र स्तरोन्नतिका विषयमा सम्झौता भएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार गठन भएदेखिनै चासो, सरोकार र प्राथमिकतामा रहेको कार्यले मूर्तरुप पाएको बताएको छन् । 

            विराटनगरस्थित नेपाल नागरिक उड्डयन कार्यालयका प्रमुख उत्सव खरेलले अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक पर्ने धावनमार्ग विस्तारका लागि सम्झौता भएको जानकारी दिए । जग्गा अधिग्रहणका लागि लाग्ने आवश्यक लागतका लागि संघीय सरकारले ५०, प्रदेश सरकारले ४० र स्थानीय तहले १० प्रतिशत रकम बेहोर्ने सम्झौता भएको छ ।

          अन्तराष्ट्रिय विमानस्थलका लागि आवश्यक तीन हजार मिटरको क्षेत्रफलका लागि विमानस्थलको पश्चिम, दक्षिण र उत्तर क्षेत्रका जग्गा अधिग्रहण हुने खरेलले बताए । अहिले विमानस्थलको धावनमार्ग एक हजार पाँच सय ७५ मिटर लम्बाईको छ । खरेलले अनुमानित थप करिब एक सय ५५ बिघा क्षेत्रफल जमिन विमानस्थलका लागि अधिग्रहण गरिने प्रस्टाए ।

           कार्यालयका अनुसार यसक्रममा जग्गा अधिग्रहणका लागि करिब ८ अर्ब रुपैयाँ लाग्नेछ । कार्यक्रममा नागरिक उडड्यन प्राधिकरणबाट महानिर्देशक राजन पोखरेल, प्रदेश सरकारका तर्फबाट उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयका सचिव मेघनाथ काफ्ले, र विरानगर महानगरपालिकाका कार्यकारी अधिकृत इन्द्रमणि पोखरेलले पर्यटनमन्त्री योगेश भट्टाई, प्रदेश मुख्यमन्त्री राईको उपस्थितीमा समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

    सम्बन्धित समाचार