Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मूर्ति चोरी गर्ने तीन जना पक्राउ

    मूर्ति चोरी गर्ने तीन जना पक्राउ


    • मंगलवार, आश्विन २० २०७७

    • नेपाल वाइड


    मूर्ति चोरी गर्ने तीन जना पक्राउ
    प्रतिकात्मक तस्बिर

          प्रहरीले जुम्ला खलंगास्थित ऐतिहासिक तथा पुरातात्विक  चन्दननाथ मन्दिरबाट चोरी भएका दुई थान मूर्ति फेला पार्न सफल भएको छ ।  कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोली र जिल्ला प्रहरी कार्यालय जुम्लाको संयुक्त अनुसन्धान टोलीले दुई थान मूर्तिसहित तीन जनालाई सोमबार पक्राउ गरेको छ । 
     
           विसं. २०७३ मंसीर ११ गते राती जुम्ला चन्दननाथ नगरपालिका ५  खलंगास्थित चन्दननाथ मन्दिरबाट  मूर्ति चोरी  भएका थिए । पक्राउ पर्नेमा चन्दननाथ १० बोहोरा गाउँका ३२ वर्षीय सुशील विष्ट, २३ वर्षीय सुदिप रावल र तातोपानी गाउँपालिका ८ का २८ वर्षीय जयलाल थापा रहेका  प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ वास्तोलाले जानकारी दिए । 

         उनले अभियुक्त विष्टको बोहोरागाउँमा रहेको जग्गामा सुकेको घाँसको थुप्रोको बीचमा खादामा बेरी राखेको अवस्थामा चोरी भएका मूर्तिहरु प्राप्त भएको बताए । प्रवक्ता वास्तोलाले चोरी भएका मूर्तिहरु चाँदीको जस्तो देखिने धातुको रहेको र  पक्राउ परेकाहरुको सम्बन्धित जिप्रकाबाट अनुसन्धान भइरहेको उनको भनाई थियो ।  जिप्रका जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले विसं.२०४१ कार्तिक ८ गते मिति उल्लेख गरिएको ४५० ग्राम मूर्ति फेला परेको बताए । 

    सम्बन्धित समाचार