Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भारततर्फ जाँदै गरेका तीन युवतीको काँकडभिट्टाबाट उद्धार

    भारततर्फ जाँदै गरेका तीन युवतीको काँकडभिट्टाबाट उद्धार


    • मंगलवार, आश्विन २० २०७७

    • नेपाल वाइड


    भारततर्फ जाँदै गरेका तीन युवतीको काँकडभिट्टाबाट उद्धार

            झापा- झापाको काँकडभिट्टाबाट भारततर्फ जाँदै गरेका तीन युवतीको उद्धार गरी माइती नेपालमा राखिएको छ । नेपाल भारतको सीमा क्षेत्रबाट सुनसरी, गोरखा घर भई भक्तपुर बस्ने र गौरादह नगरपालिकाका १८ वर्षका युवतीलाई माइती नेपाल र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले उद्धार गरी माइती नेपालमा राखेको हो ।

          उनीहरुले आफ्नै साथीले भारतको पानीटङ्कीमा काम लगाई दिने बहाना बनाएर बोलाएकाले जान लागेको बताएका थिए । सोमबार साँझ पानीटङ्कीतर्फ जान सीमामा घुमफिर गर्ने बहाना बनाएका उनीहरुलाई माइती नेपाल र इप्रका काँकडभिट्टाको प्रहरी टोलीले फेला पारेको थियो ।

          तत्काल उद्धार गरी काँकडभिट्टामै रहेको नेपालको कार्यालयमा राखिएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए । उनले कोरोना महामारीमा समेत मानव तस्करहरु सीमा क्षेत्रमा सक्रिय रहेको जानकारी दिए । 

          उनले यस अघि पनि बन्दाबन्दीकै समयमा माइती नेपालले सीमा क्षेत्रबाट चार जनाको रोकथाम र भारतको नयाँ दिल्लीस्थित नेपाली राजदुतावास, मनिपुर प्रहरी, मनिपुर संस्था उज्यालो होमको सहकार्यमा युवतीहरुको उद्दार गरी ल्याइएको बताए ।

    सम्बन्धित समाचार