Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा कोरोना संक्रमितको संख्या २८ पुग्यो, ७ जनाको उपचार हुदै

    खोटाङमा कोरोना संक्रमितको संख्या २८ पुग्यो, ७ जनाको उपचार हुदै


    • मंगलवार, आश्विन २० २०७७

    • नेपाल वाइड


    खोटाङमा कोरोना संक्रमितको संख्या २८ पुग्यो, ७ जनाको उपचार हुदै
    प्रतिकात्मक तस्बिर

             खोटाङ । असोज २०, खोटाङमा कोभिड–१९ बाट संक्रमितको संख्या २८ पुगेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा १ हजार ६६७ जनाको पिसिआर परिक्षण गर्दा हालसम्म २८ जनालाई कोरोना संक्रमण पूष्टी भएको हो ।

             संक्रमितमध्ये २१ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने ७ जना उपचारमा रहेको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ । जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सबैभन्दा बढि संक्रमित भेटिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ६६७ जनाको पिसिआर परिक्षणमा पठाइएकामा १५ जनालाई संक्रमण भएको पूष्टी भएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

           हलेसी तुवाचुङ नगरपालिकाबाट २५३ जनाको नमूना पिसिआर परिक्षणमा पठाइएकामा ४ जना, खोटेहाङ गाउँपालिकाबाट १०९ जनाको पिसिआर परिक्षणमा पठाइएकामा ३ जना, जन्तेढुंगा गाउँपालिकाबाट १२१ जनाको पिसिआर परिक्षणमा पठाउँदा २ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाबाट १५२ जनाको पिसिआर परिक्षणमा पठाउँदा १ जना, साकेला गाउँपालिकाबाट १३५ जनाको पिसिआर परिक्षणमा पठाउँदा १ जना, ऐसेलुखर्क गाउँपालिकाबाट ७३ जनाको पिसिआर परिक्षणमा पठाउँदा १ जना, बराहपोखरी गाउँपालिकाबाट ५७ जनाको पिसिआर परिक्षणमा पठाइएकामा १ जनालाई संक्रमण पूष्टी भएको प्रशासनले जनाएको छ ।

    Covid Report.png

    कोरोना सम्बन्धी जिल्ला प्रशासन कार्यलय खोटाङको पछिल्लो तथ्याङ

             हालसम्म केपीलासगढी गाउँपालिका र रावाबेँसी गाउँपालिकामा कुनै पनि संक्रमित फेला परेका छैनन् । केपीलासगढी गाउँपालिकाका ३५ जना र रावाबेँसी गाउँपालिकाका ६५ जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।

          लकडाउन खुलेपछि र लामो तथा छोटो दुरीको सवारी साधन सञ्चालन सुरु भएपछि आवागमन बढ्दा जिल्लामा कोरोना संक्रमणको त्रास बढेको छ । पछिल्लो समय जिल्लामा संक्रमणको दर बढ्दो रहेको छ । शनिबार खोटेहाङ गाउँपालिकामा तीन जना संक्रमित फेला परेको भोलीपल्ट जन्तेढुंगा गाउँपालिकामा दुई जना संक्रमित फेला परेको थियो ।

     

    सम्बन्धित समाचार