Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा राप्रपा र राप्रपा संयुक्तको समायोजन टुंगियो

    खोटाङमा राप्रपा र राप्रपा संयुक्तको समायोजन टुंगियो


    • बुधवार, आश्विन २१ २०७७

    • नेपाल वाइड


    खोटाङमा राप्रपा र राप्रपा संयुक्तको समायोजन टुंगियो
    सांकेतिक तस्बिर

            खोटाङ । असोज २१, खोटाङमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको समायोजन टुंग्याइएको छ । बुधबार दिक्तेलस्थित पार्टी कार्यालयमा भएको समायोजन बैठकले दुई पार्टीलाई मिलाएर जीवनकुमार श्रेष्ठको संयोजकत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टीको ५५ सदस्यीय समायोजन समिति गठन गरेको छ ।

          राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष रहेका श्रेष्ठलाई समायोजन समितिको बैठकले संयोजकको जिम्मेवारी दिएको हो । त्यसअघि पनि श्रेष्ठ राप्रपा नेपालका अध्यक्ष थिए । केन्द्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको एकता भएको केही समयपछि जिल्लामा दुई पार्टीको समायोजन टुंग्याइएको हो ।

           राष्ट्रिय प्रजातन्त्र पार्टीका १ नम्बर प्रदेश समितिका सह–सचिव ललितकुमार राईको प्रमुख आतिथ्यता एबं नेतृ चन्द्रकुमारी राईको विशेष आतिथ्यतामा जिल्लामा पार्टीको समायोजन टुंग्याइएको हो ।

    सम्बन्धित समाचार