बुधवार, आश्विन २१ २०७७
नेपाल वाइड
खोटाङ । असोज २१, जनता समाजवादी पार्टी खोटाङले रावाबेँसी गाउँपालिकामा ४९ जनालाई पार्टी प्रवेश गराएको जनाएको छ । पालिका समिति रुपान्तरण एबं पार्टी कार्यालय उद्घाटन कार्यक्रमको अवशरमा बुधबार नेकपाका ढकम राई र सुवास राईको नेतृत्वमा ४९ जनालाई प्रवेश गराइएको जनता समाजवादी पार्टीका प्रकाशन तथा प्रचार बिभाग प्रमुख रबिन खम्बूले बताए ।
नवप्रबेसीलाई जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एबं प्रदेश समिति सचिव सुर्य राई, प्रदेश समिति सदस्य मोहन गुरुङ, जिल्ला अध्यक्ष टंक थापा, सचिव जिवराज पोखरेल लगायतले स्वागत गरेका छन् ।
रावाबेँसी गाउँपालिकामा संघीय समाजवादीको पालिका समितिलाई जनता समाजवादी पार्टी रुपान्तरण गरिएको छ । रावाबेँसी गाउँपालिकामा राजपाको संगठन नभएकाले संघीय समाजवादीको पालिका समितिलाई नै जनता समाजवादीको पालिका समितिमा रुपान्तरण गरिएको हो । रावाबेँसी गाउँपालिका–१ कुभिन्डेमा भएको कार्यक्रमले कमल गुरुङको अध्यक्षतामा ४७ सदस्यीय जनता समाजवादी पार्टीको पालिका समिति बनाएको छ ।
समितिको उपाध्यक्ष झुमा पोखरेल, सचिवमा सरोज राई, सह–सचिवमा ढकम राई र सुस्मा रेग्मी तथा कोषाध्यक्ष होमबहादुर मगर चयन भएका छन् । सोही कार्यक्रममा रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको तीनकुनेमा जनता समाजवादीको पालिका स्तरिय समितिको कार्यालय पनि उद्घाटन गरिएको प्रकाशन तथा प्रचार बिभाग प्रमुख खम्बूले बताए ।
जिल्ला समितिको एकीकरण गर्नु अगाडि हाल संघीय समाजवादीको पालिका स्तरिय समितिलाई जसपामा रुपान्तरण गर्ने कार्यक्रम भइरहेको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा एकतापछिको रुपान्तरण टुंग्याइएपछि जिल्ला कार्य समितिको एकता टुंग्याइने संघीय समाजवादीका जिल्ला अध्यक्ष थापाले बताए ।