बिहिवार, आश्विन २२ २०७७
नेपाल वाइड
काठमाडौं । सामसङ नेपालद्वारा ग्यालेक्सी जेट फोल्ड २ स्मार्टफोनको प्रि–बुकिङ खुल्ला गरेको छ । ग्यालेक्सी जेट फोल्ड २, सामसङको थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन, जुन मोबाइल अनुभवको दायरा बढाउन बोल्ड र उत्कृष्ट इन्जिनियरिङले सजिएको कम्पनीले जनाएको छ । उक्त थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन नेपालमा पहिलोपल्ट उपलब्ध गराइएको हो ।
सामसङले फोल्ड प्रविधि नेपालमा पहिलोपल्ट भित्र्याइएको हो । अविश्वसनीय इन्जिनियरिङ तथा बोल्ड डिजाइनले सजिएको ग्यालेक्सी जेट फोल्ड २ ले मोबाइल अनुभव पूर्ण रुपमा बदल्छ । यो स्मार्टफोन अत्याधुनिक टेक्नोलोजी प्रेमीहरुलाई लक्षित गरी तयार गरिएको हो । अझ ठूलो कभर स्क्रिन, ठूलो स्क्रिन, ग्यालेक्सी जेट फोल्ड २ विशेष डिजाइन र कलात्मक नयाँ फिचरले भरिपूर्ण छ, जसले युनिक मोबाइल अनुभव दिन्छ । यो स्मार्टफोन दैनिक जीवनको आवश्यकतालाई मध्यनजर गरी तयार गरिएको हो ।
“सामसङ सदैब सिर्जनशीलताको दायरा बढाउन विश्वास गर्दछ । हामीले ग्यालेक्सी जेट फोल्ड २ सँगै ग्राहकहरुलाई अझै नयाँ, सहज तथा उत्कृष्ट अनुभव प्रदान गर्दै भविष्यतर्फ अझ सशक्त एक कदम अगाडि बढेका छौं ।
हामी हार्डवेयर तथा ग्राहकहरुको अनुभवलाई परिष्कृत गर्दै मोबाइल डिभाइसको सम्भावनाको नयाँ युगको सुरुवात गर्दछौ ।” सामसङ मोबाइल नेपालका बिजिनेश हेड प्रणयरत्न स्थापितले भने । ग्यालेक्सी जेट फोल्ड २ को मूल्य २ लाख ५० हजार रहेको छ । नेपालमा प्रि बुकिङ्ग गर्ने ग्राहकले ग्यालेक्सी बड्स लाइभ निःशुल्क पाउने छन् । साथै एक पटकको लागि एनएलजि इस्युरेन्समार्फत् टुटफुटमा १ वर्षको बीमा सुविधा पनि पाउने जनाइएको छ ।