Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा डिप्रप्रसाद (प्रकाश) पौडेल नियुक्त

    नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा डिप्रप्रसाद (प्रकाश) पौडेल नियुक्त


    • बिहिवार, आश्विन २२ २०७७

    • नेपाल वाइड


    नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा डिप्रप्रसाद (प्रकाश) पौडेल नियुक्त

            काठमाडौं । नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा डिप्रप्रसाद (प्रकाश) पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले निगम सञ्चालक समिति सदस्य समेत रहेका पौडेललाई महाप्रवन्धक नियुक्त गरेको हो । उनी निगम सञ्चालक समिति सदस्य थिए । 

           पेशाले चार्टर्ड एकाउन्टेन्ट पौडेल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ता हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई तत्कालीन एमालेको प्रचार विभाग प्रमुख भएका बेला पौडेल सदस्य थिए ।

           त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठलले लुम्बिनी क्षेत्र विकास कोषको सदस्य सचिव पनि नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले सानुराजा शाक्यलाई सदस्य सचिव नियुक्त गरेको हो ।

     

    सम्बन्धित समाचार