Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सामूहिक बलात्कारका आरोपी दिपेश प्रहरीद्धारा पक्राउ

    सामूहिक बलात्कारका आरोपी दिपेश प्रहरीद्धारा पक्राउ


    • शुक्रवार, आश्विन २३ २०७७

    • नेपाल वाइड


    सामूहिक बलात्कारका आरोपी दिपेश प्रहरीद्धारा पक्राउ
    प्रतिकात्मक तस्बिर

             भक्तपुर । भक्तपुर नगरपालिका–८ कालाँचामा असोज १७ गते बसभित्र १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्नेमध्ये फरार रहेका एक जनालाई प्रहरीले भद्रपुरबाट पक्राउ गरेको छ । 

            महानगरीय प्रहरी परिसर भक्तपुरले आज पत्रकार सम्मेलन गरी बलात्कार आरोपी तीन जनालाई सार्वजनिक गरेको हाे । किशोरीलाई बेहोस बनाएर रातभरी पटक-पटक बलात्कार गरेको अभियोगमा फरार रहेका झापाको भद्रपुरका २२ वर्षीय दिपेश राईलाई भक्तपुर प्रहरी र अपराध अनुसन्धान महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिए ।

           रत्नपार्कबाट किशोरीलाई पानीमा बेहोस हुने औषधि खुवाएर भक्तपुर ल्याएर आफूले पटक–पटक बलात्कार गरी अन्य दुई जनालाई किशोरी बलात्कार गर्न दिई फरार भएका राईलाई प्रहरीले पक्राउ गरेको हो । 

          यसअघि रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसमा किशोरीलाई रातभरी पटक–पटक बलात्कार गरेको अभियोगमा प्रहरीले घट्नास्थलबाट सिन्धुपाल्चोक घर भएका २२ वर्षीय निरकुमार खड्का र सोही ठाउँका सुर्य श्रेष्ठलाई पक्राउ गरेर किशोरीको बसबाट उद्दार गरिएको थियो । रासस

    सम्बन्धित समाचार