Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    वडाध्यक्ष न्यौपानेको निधन

    वडाध्यक्ष न्यौपानेको निधन


    • शुक्रवार, आश्विन २३ २०७७

    • नेपाल वाइड


    वडाध्यक्ष न्यौपानेको निधन
    सांकेतिक तस्बिर

             दाङ । तुलसीपुर उपमहानगरपालिका –१३ का वडाध्यक्ष डम्बर न्यौपानेको शुक्रबार निधन भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याउने क्रममा आज बिहान साढे १० बजे बाटामा नै उहाँको मृत्यु भएको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिए । 

    नेपाली कांग्रेसबाट  निर्वाचित पैँसठ्ठी वर्षीय न्यौपानेलाई  केही दिनदेखि ज्वरो, टाइफाइड तथा निमोनिया भएको थियो । यसैबीच वडाध्यक्ष न्यौपानेको निधनमा नगर प्रमुख घनश्याम पाण्डेले शोक विज्ञप्ति प्रकाशन गरी दुःख व्यक्त गरेका छन् । रासस

    सम्बन्धित समाचार