Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    महिला एकता अध्ययन केन्द्रको अध्यक्षमा दुर्गाजयन्ती

    महिला एकता अध्ययन केन्द्रको अध्यक्षमा दुर्गाजयन्ती


    • शुक्रवार, आश्विन २३ २०७७

    • नेपाल वाइड


    महिला एकता अध्ययन केन्द्रको अध्यक्षमा दुर्गाजयन्ती

                     महिला एकता अध्ययन केन्द्रको अधिबेसन उदघाटन गर्दै मेयर दिपनारायण रिजाल लगायत 
         खोटाङ । असोज २३, महिला एकता अध्ययन केन्द्र खोटाङको अध्यक्षमा पुःन दुर्गाजयन्ती राई दोहोरिएकी छन् । हरेक महिलालाई अध्ययनमा प्रोत्साहित गर्ने लक्ष्यकासाथ १३ वर्षअघि स्थापना गरिएको अध्ययन केन्द्रको शुक्रबार सम्पन्न तेश्रो अधिबेसन तथा आठौं साधारणसभाले दुर्गाजयन्तीलाई पुःन अध्यक्षमा दोहोर्‍याएको हो । पुर्वसभाषद रहेकी राई महिला एकता अध्ययन केन्द्रको अध्यक्षमा तेश्रो कार्यकालका लागि चुनिएकी हुन् ।

         दिक्तेलको किरातचोकभन्दा माथि खोटाङबिकास मञ्च नजिक रहेको महिला एकता अध्ययन केन्द्रकै कार्यालयमा सम्पन्न अधिबेसन तथा साधारणसभाले उपाध्यक्षमा बिन्दा थापा, सचिवमा डिल्लीकुमारी आचार्य, सह–सचिवमा कविता राई र कोषाध्यक्षमा मनिशोभा राईलाई चयन गरेको छ ।

          अध्ययन गर्ने बानीको बिकास गर्ने/गराउने लक्ष्यका साथ सबै दलका महिला नेतृहरुको सहकार्यमा २०६३ सालमा महिला एकता अध्ययन केन्द्र स्थापना गरिएको हो । ‘अध्ययनबिना मानव जीवन अपुरो हुने र जुनसुकै कामको सफलताको कल्पना गर्न सकिन्न’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै स्थापना गरिएको अध्ययन केन्द्रले आफ्नै कार्यालयमा पुस्तकालय सञ्चालन गर्दैआएको छ ।

           दिक्तेलबजारमा भाडाको कोठाबाट सञ्चालन हुँदैआएको अध्ययन केन्द्रलाई कृषिबिज्ञ मदन राईले निःशुल्क जग्गा उपलव्ध गराएपछि भवन निर्माण गरिएको थियो । ‘परिवार, समाज र देशले अपेक्षित गति लिन नसक्नुको एउटा कारण अध्ययनकै कमी पनि हो,’ अध्ययन केन्द्रकी अध्यक्ष राईले भनिन्, ‘त्यही भएर अध्यायन संस्कृतिको बिकासमा पुस्तकालयको भूमीका महत्वपूर्ण हुन्छ ।’

           अधिबेसन तथा साधारणसभाको अवशरमा अध्ययन केन्द्रको तालिम हल उद्घाटन गरिएको छ । प्रदेश सांसद राजन राईमार्फत प्राप्त भएको पाँच लाख र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ‘उपमेयरसँग महिला कार्यक्रम’को पाँच लाख बजेटमार्फत अध्ययन केन्द्रको माथिल्लो तलामा व्यवस्थित तालिम हल निर्माण गरिएको हो । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपमेयर बिणादेबी राई लगायतको उपस्थिति रहेको थियो ।

     

    सम्बन्धित समाचार