शनिवार, आश्विन २४ २०७७
नेपाल वाइड
फायल तस्बिर
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । मन्त्री भट्टराईले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
मन्त्री भट्टराईले लेखेका छन्, "हिजो शुक्रबार बेलुका निवासमा फर्किएपछि हल्का ज्वरोको महसुस भयो । आज शनिबार पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भर्खरै जानकारी पाएको छु ।" मन्त्री भट्टराईले केही दिनयता आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गर्नसमेत आग्रह गरेका छन् । उनले भनेका छन्, "गत सोमबार कोरोना परिक्षाण गर्दा रोपोर्ट नेगेटिभ आएको थियो ।
त्यसक्रममा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महसुस भयो । आज शनिबार पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भरखरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन । उनले थप भनेका छन्, "मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परि आएमा सामना गर्नुबाहेक के नै पो बिकल्प छ र ?"
मन्त्री भट्टराईले लेखेका छन्,
