Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अमेरिकी राष्ट्रपति पदका लागि दुई उम्मेदवारबीचको दोस्रो बहस रद्द

    अमेरिकी राष्ट्रपति पदका लागि दुई उम्मेदवारबीचको दोस्रो बहस रद्द


    • शनिवार, आश्विन २४ २०७७

    • नेपाल वाइड


    अमेरिकी राष्ट्रपति पदका लागि दुई उम्मेदवारबीचको दोस्रो बहस रद्द

           अमेरिका । अमेरिकी राष्ट्रपति पदका लागि दुई उम्मेदवारबीचको दोस्रो बहस रद्द भएको छ । आगामी कार्यकालका लागि पनि राष्ट्रपति पदका उम्मेदवार रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो बहसमा सहभागी नहुने घोषणा गरेका छन् ।

           यसअघि राष्ट्रपति पदका लागि अर्का उम्मेदवार डेमोक्रेटिकका जोए बाइडेनले ट्रम्प कोरोनामुक्त नभई उनीसँगको बहसमा प्रत्यक्ष भाग नलिने अडान लिएका थिए । ट्रम्पले पनि दोस्रो बहसमा सहभागी नहुने घोषणा गरेपछि राष्ट्रपतीय बहस आयोगले औपचारिक रुपमै बहस रद्द गरेको हो ।

         राष्ट्रपतीय बहस आयोगले यही अक्टोबर १५ तारिखका दिन गर्ने गरी दोस्रो बहसको तयारी गरिरहेको थियो । जोए बाइडेनले भने भर्चुअल बहसका लागि आफू तयार नै रहेको बताउँदै आएका थिए । 

          गत शुक्रबार कोरोनाभाइरसबाट सङ्क्रमित भएका ट्रम्प तीन दिनको अस्पताल बसाइपछि ह्वाइट हाउस फर्केका थिए । कोरोना पुष्टि भएको एक सातामै आफू पूर्ण स्वस्थ दाबी गर्दै उनले चुनावी र्‍यालीमा भने सहभागी हुने बताएका छन् ।

     

    सम्बन्धित समाचार