Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    माइक्रोसफ्टले कर्मचारीलाई स्थायी रूपमा घरबाटै काम गर्न दिने निर्णय

    माइक्रोसफ्टले कर्मचारीलाई स्थायी रूपमा घरबाटै काम गर्न दिने निर्णय


    • शनिवार, आश्विन २४ २०७७

    • नेपाल वाइड


    माइक्रोसफ्टले  कर्मचारीलाई स्थायी रूपमा घरबाटै काम गर्न दिने निर्णय

           माइक्रोसफ्टले उसका कर्मचारीलाई स्थायी रूपमा घरबाटै काम गर्न दिने निर्णय गरेको छ । त्यसका लागि भने म्यानेजरबाट अनुमति लिनुपर्ने कम्पनीले जनाएको छ ।

         यसअघि अरू दुई अमेरिकी कम्पनी फेसबुक र ट्विटरले पनि यस्तै घोषण गरेका छन् । उनीहरूले आफ्नो कर्मचारीका लागि ‘वर्क फ्रम होम’को नीति स्थायी रूपमै लागू गरिने जनाएका छन् । कोरोना भाइरस (कोभिड– १९) महामारीका कारण यी कम्पनी आफ्नो कर्मचारीको कार्यशैलीमा परिवर्तन गर्न बाध्य भएका हुन् । 

         कर्मचारीहरूले घरबाटै काम गर्ने भएपछि कम्पनीहरूले कार्यालयको ‘स्पेस’ घटाउने प्रयास गरेका छन् । माइक्रोसफ्टले केही कर्मचारीले भने कार्यालयमै आएर काम गर्नुपर्ने जनाएको छ । कार्यालयमा रहेको हार्डवेयर प्रयोग गर्नुपर्ने कर्मचारीलाई कार्यालयमै आएर काम गर्नुपर्ने माइक्रोसफ्टले जनाएको छ । 

          धेरै कम्पनीले सुरुवातमा घरबाटै काम गर्नु अपेक्षा गरिएकोभन्दा बढी लाभदायक भएको जनाएका थिए । महिना बित्दै जाँदा त्यसका केही बेफाइदा पनि देखिए । उदाहरणका लागि एउटा सम्मेलनमा माइक्रोसफ्टका प्रमुख कार्यकारी सत्य नदिल्लाले भने, ‘घरबाट काम गर्दा कार्यालय र व्यक्तिगत जीवनबीच कुनै परिवर्तन देखिएन ।

          अमेरिकामा गत मेमा गरिएको एउटा ‘सर्भे’ले २२ प्रतिशत कर्मचारीले कोरोना भाइरस संक्रमण रोकिएपछि पनि घरबाटै काम गर्ने अपेक्षा गरेका छन् । यो संख्या गत वर्ष मात्रै सात प्रतिशत थियो । सोही सर्भेका अनुसार कम्पनीहरू भने कम्तीमा आफ्ना कर्मचारीहरूले हप्तामा एक दिन भए पनि घरबाटै काम गरुन् भन्ने चाहेको देखिएको छ । ८० प्रतिशतभन्दा बढी कर्मचारीले कम्पनीहरूको उक्त प्रस्तावलाई स्वीकार गरेका छन् ।

           विश्लेषकहरू भने यो नयाँ परिवर्तनको असर अरू क्षेत्रमा पनि देखिने तर्क गर्छन् । यसले गर्दा क्षेत्रफलको दृष्टिकोणबाट कार्यालय सानो बन्नेछ । सहरको महँगो ठाउँमै कार्यालय लिने चलन पनि बिस्तारै कम हुँदै जानेछ । 

    एजेन्सी 

    सम्बन्धित समाचार