Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    राष्ट्रिय स्वयंसेवक संघका अध्यक्षमा प्रतिक

    राष्ट्रिय स्वयंसेवक संघका अध्यक्षमा प्रतिक


    • आइतवार, आश्विन २५ २०७७

    • नेपाल वाइड


    राष्ट्रिय स्वयंसेवक संघका अध्यक्षमा प्रतिक

           खोटाङ । राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन खोटाङको अध्यक्षमा प्रतिक आचार्य चयन भएका छन् । सामाजिक क्षेत्रमा काम गर्ने उद्धेश्यले वर्ष दिनअघि बिस्तार भएको राष्ट्रिय स्वयंसेवक संघले आफ्नो संगठन विस्तारकाक्रममा आचार्यलाई जिल्ला अध्यक्षमा चयन गरेको हो ।

           नेपाल विद्यार्थी संघको राजनिती गर्दैआएका आचार्यले केही समयपछि जिल्लामा राष्ट्रिय स्वयंसेवक संघको कार्य समिति विस्तार गर्ने बताएका छन् ।

           सामाजिक समस्याप्रति आम नागरिकलाई सचेत गराउने र समाजमा हुने विभेद विरुद्ध शसक्त रुपमा खबरदारी गर्दै आएको संघले नेपालका सात वटै प्रदेशमा समिति गठन गरिसकेको जनाएको छ । समुदायमा सामाजिक जागरणको माध्यमबाट लैङ्गिक तथा जातीय विभेदलाई कम गर्न जनचेतना अभिवृद्धिमा जोड दिने अध्यक्ष आचार्यले बताए ।

    सम्बन्धित समाचार