Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    यस वर्षको दसैंमा नयाँ नोट नपाइने

    यस वर्षको दसैंमा नयाँ नोट नपाइने


    • आइतवार, आश्विन २५ २०७७

    • नेपाल वाइड


    यस वर्षको दसैंमा नयाँ नोट नपाइने

             काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैंलाई लक्षित गर्दै नयाँ नोट सटही सुविधा उपलब्ध नगराउने भएको छ । केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिमका कारण दसैं लक्षित नयाँ नोट सटही नगर्ने जनाएको छ । 

            विगतका वर्षहरुमा दसैंलाई लक्षित गर्दै नयाँ नोट सटहीको व्यवस्था गर्दै आएको केन्द्रीय बैंकले यो वर्ष कोभिड १९ को प्रभाव बढ्दै गएकोले सम्भावित जोमिलाई मध्यनजन गर्दै नयाँ नोट वितरण नगर्ने जनाएको छ । गत वर्ष केन्द्रीय बैंकले करिब ६० अर्ब रुपैयाँ बराबरको नयाँ नयाँ नोट सटही गरेको थियो । 

    “यस वर्ष बडा दसैंको संघारमा आइपुग्दा कोभिड १९ को संक्रमण नेपालमा तीव्र रुपमा फैलिँदै गएको र नेपाल सरकारले यसको रोकथाम तथा नियन्त्रणको लागि तोकेको मापदण्डमा बैंकहरुमा बढी भिडभाड हुन नदिने विषय उल्लेख छ ।

          यस बैंकमा र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा समेत संक्रमण निकै फैलिएको र नगद सटहीका क्रममा हुने भिडभाडबाट संक्रमण फैलिन सक्ने सम्भावना उच्च भएको परिप्रेक्ष्यमा आम नेपाली नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै यस बैंकका कुनैपनि कार्यालयहरुबाट यस वर्षको दसैंको प्रयोजनका लागि नयाँ नोट सटही सुविधा प्रदान नगरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,”राष्ट्र बैंकको सूचनामा भनिएको छ । यसवाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति बैंकले क्षमायाचना गरेको छ ।

    Bank New note Suchana.jpg

    सम्बन्धित समाचार