Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    १२ सय बोतलभन्दा बढी लागुऔषधसहित तीन जना पक्राउ

    १२ सय बोतलभन्दा बढी लागुऔषधसहित तीन जना पक्राउ


    • आइतवार, आश्विन २५ २०७७

    • नेपाल वाइड


    १२ सय बोतलभन्दा बढी लागुऔषधसहित तीन जना पक्राउ

           पर्सा । पर्सामा १२ सय बोतलभन्दा बढी लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । वीरगञ्‍ज महानगरपालिका २४ बहुअरी चोकस्थित सडकबाट नियन्त्रित लागुऔषध २९७ एम्पुल नुर्फिन, २९७ एम्पुल फेनारगन, २९७ एम्पुल डाइजेपाम र एक सय एमएलको १ हजार २‍०६ बोतल विनसिरेक्स सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

        पक्राउ पर्नेहरूमा भारत मोतिहारीका २० वर्षीय बिक्रान्त पटेल, २८ वर्षीय रामबालक राम र २० वर्षीय आकाश कुमार राम रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय सुगौली विर्ताबाट खटिएको प्रहरीले एचआर ३८ भी ४८९५ नम्बरको ट्रकलाई जाँच गर्दा सिटमुनी लुकाई राखेको अवस्थामा उक्त लागुऔषध फेला पारी ट्रक चालक बिक्रान्त तथा ट्रकमा सवार रामबालक र आकाशलाई पक्राउ गरेको हो ।

    सम्बन्धित समाचार