Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मेयर संक्रमित भएपछि उर्लाबारी नगरपालिकालको सबै सेवा बन्द

    मेयर संक्रमित भएपछि उर्लाबारी नगरपालिकालको सबै सेवा बन्द


    • सोमवार, आश्विन २६ २०७७

    • नेपाल वाइड


    मेयर संक्रमित भएपछि उर्लाबारी नगरपालिकालको सबै सेवा बन्द

           मोरङ । मेयर खड्ग फागोसहित नगरका कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएपछि मोरङको उर्लाबारी नगरपालिकाले सबै सेवा बन्द गरेको छ । नगरपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट प्रदान गरिँदै आएका सबै सेवा आजबाट बन्द गरिएको हो । 

            मेयर फागोसहित संक्रमित कर्मचारीको सम्पर्कमा रहेका जनप्रतिनिधि र अरु कर्मचारीको पीसीआर परीक्षण गराउनु पर्ने भएकाले रिपोर्ट नआएसम्म सेवा बन्द गरिने नगरपालिकाले जनाएको छ ।

          फागोका अनुसार पीसीआर परीक्षणका लागि अरु कर्मचारी र जनप्रतिनिधिको स्वाब संकलन सुरु गरिएको छ । पाँच दिनअघि उनका सवारी चालकमा कोरोना पुष्टि भएको थियो । त्यसपछि होम क्वारेन्टाइनमा बसेका नगर प्रमुख फागो र नगर स्वास्थ्य शाखा संयोजक सुरेश खड्कालाई पनि कोरोना देखिएको छ ।

    सम्बन्धित समाचार