Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आज मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिने

    आज मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिने


    • मंगलवार, आश्विन २७ २०७७

    • नेपाल वाइड


    आज मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिने

           काठमाडौं । मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिँदै छ । अमेरिकी अन्तरिक्ष एजेन्सी ‘नासा’ले जनाएका अनुसार आज मंगलबार मंगलग्रह, पृथ्वी र सूर्य एकसाथ समानान्तर हुन्छ । यी तीनवटै ग्रह समानान्तर हुने भएकाले मंगलग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो देखिने छ ।

          खगोलशास्त्रमा दुर्लभ मानिएको यो क्षणलाई ‘अपोजिसन’ नाम दिइएको छ । त्यसक्रममा मंगल ग्रहले पृथ्वीको एक पक्षमा घाम छेक्ने छ । यस्तो क्षण नेपाली समय अनुसार राति १ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

           बुधबार बिहान ५ बजेर ५ मिनेट जाँदा तीन ग्रह १ सय ८० डिग्रीको कोणमा आउने छन् । नासाका अनुसार प्रत्येक २६ महिनामा मंगलग्रह पृथ्वीबाट नजिक देखिने गरेको छ । अब सन् २०३५ मा मात्रै मंगलग्रह पृथ्वी नजिक पुग्ने नासाले जनाएको छ ।

          यसअघि सन् २००३ मा मंगलग्रह पृथ्वीबाट ३४ दशमलव ८ मिलियन माइलको दूरीसम्म आइपुगेको थियो । मंगलग्रहका बारेमा विभिन्न मुलुकले अध्ययन जारी राखेका छन् । अहिले मंगलमा अमेरिका, चीन, र संयुक्त अरब इमिरेट्सका तीनवटा मिशन सक्रिय छन् । एजेन्सी 

    सम्बन्धित समाचार