Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपाल दोस्रो पटक निर्वाचित

    राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपाल दोस्रो पटक निर्वाचित


    • बुधवार, आश्विन २८ २०७७

    • नेपाल वाइड


    राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपाल दोस्रो पटक  निर्वाचित

           काठमाडौँ । संयुक्त राष्ट्रसंघ, मानव अधिकार परिषदको सदस्यमा नेपाल लगातार दोस्रो कार्यकालका लागि पनि चयन भएको छ । राष्ट्रसंघको मुख्यालयमा मंगलबार राति भएको निर्वाचनमा नेपाल सन् २०२१- ०२३ सम्मको तीन वर्षे कार्यकालका लागि फेरि निर्वाचित भएको हो ।

         यसअघि सन् २०१८-०२० का लागि पनि नेपाल निर्वाचित भएको थियो । एसिया प्रशान्त क्षेत्रको सदस्यका रुपमा नेपालसँगै चीन, पाकिस्तान र उज्वेकिस्तान पनि निर्वाचित भएका छन् । मतदानमा नेपालले १ सय ५० मत प्राप्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नयाँ कार्यकालका लागि निर्वाचित अन्य सदस्यमा अफ्रिकाबाट आइभरिकोस्ट, गाबोन, मावाली र सेनेलग, पूर्वी युरोपबाट रुस र युक्रेन, ल्याटिन अमेरिकाबाट बोलिभिया, क्युबा र मेक्सिको र पश्चिम युरोपबाट बेलायत र फ्रान्स छन्।

         तीन वर्षे नयाँ कार्यकाल सन् २०२१ जनवरीबाट सुरु हुनेछ । नेपाली फेरि निर्वाचित भएपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ट्वीट गर्दै नेपालीलाई १ सय ५० मतका साथ विजयी गराउने सबै देशलाई धन्यवाद दिएका छन्।

    सम्बन्धित समाचार