Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिक्तेलमा कुलप्याड मोबाईलको डिलर

    दिक्तेलमा कुलप्याड मोबाईलको डिलर


    • बुधवार, आश्विन २८ २०७७

    • नेपाल वाइड


    दिक्तेलमा कुलप्याड मोबाईलको डिलर

          दिक्तेलमा कुलप्याडको आधिकारिक डिलर उद्घाटन गर्दै उद्योग बाणिज्य संघका अध्यक्ष उपिनकुमार राई

           खोटाङ । असोज २८, खोटाङको दिक्तेलबजारमा चिनियाँ स्मार्ट फोन कुलप्याडको आधिकारिक बिक्रेता खुलेको छ । दिक्तेलको रत्नपार्कस्थित मनोज इलेक्ट्रोनिक्स सेन्टरले जिल्लामा कुलप्याड मोबाईको डिलर भित्र्याएको हो । बुधबार रत्नपार्कमा आयोजित कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले केक काटेर कुलप्याड मोबाईलको डिलर उद्घाटन गरेका छन् ।

           आधिकारिक बिक्रेता खुलेसँगै ग्राहकले जिल्लामै विभिन्न मूल्याका कुलप्याड मोबाईल खरिद गर्न पाउने भएका छन् । खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा सव–डिलर विस्तार गर्नेगरी दिक्तेलमा डिलर खोलिएको मनोज इलेक्ट्रोनिक्स सेन्टरका प्रोपाइटर मनोज राईले बताए ।

    Op-nnnig.jpg

           डिलर उद्घाटनकाक्रममा कुलप्याडका कुल फाईभ, कुल एनसेभेन प्लस, कुल एक्स, कुल एस र कुल सिक्स मोबाईलको विशेषता, मेमोरी, स्क्रीन साईज र मूल्याका बारेमा जानकारी दिइएको थियो ।

          नेपाली बजारमा २०७३ सालमै कुलप्याड मोबाईल भित्रिएको थियो । चिनको ग्वान्जाओ मूख्यलय रहेर सन् १९९३ मा स्थापना भएको कुलप्याड कम्पनीले टेलीकम्यूनिकेसनका सामान उत्पादन गरेर बजारमा राम्रो पहिचान बनाएको छ ।

     

     

     

    सम्बन्धित समाचार