बिहिवार, आश्विन २९ २०७७
नेपाल वाइड
काठमाडौँ । काठमाडौँको नयाँ बजारस्थित एक निजी घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ नयाँ बजारस्थित फलफूल चोकमा रहेको नीलकुमारी क्षत्रीको घरमा ग्यास पड्किएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
नीलकुमारीको ससुरा केही दिनअघि मृत्यु भएको र सो घरमा हाल किरियाकर्म भइरहेको थियो । बिहीबार बिहान ग्यास खोल्दा एकाएक लिक भएर आगलागी भएको जानकारी आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा ११ जना घाइते भएका छन् । त्यसमध्ये २ जनाको अवस्था गम्भीर छ ।