Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटेहाङ गाउँपालिकालाई प्रदेश सकारको दमकल र प्रहरी भ्यान

    खोटेहाङ गाउँपालिकालाई प्रदेश सकारको दमकल र प्रहरी भ्यान


    • बिहिवार, आश्विन २९ २०७७

    • नेपाल वाइड


    खोटेहाङ गाउँपालिकालाई प्रदेश सकारको दमकल र प्रहरी भ्यान

    मुख्यमन्त्री शेरधन राईबाट गाडीको चाबि लिदै गाँउपालिका अध्यक्ष प्रदिप राई

         खोटाङ । असोज २९, प्रदेश सरकारले खोटाङको खोटेहाङ गाउँपालिकालाई दमकल र प्रहरी भ्यान प्रदान गरेको छ । अत्यावश्यक सेवा केन्द्र सञ्चालनका लागि प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले गाउँपालिकालाई एक वटा बारुणयन्त्र (दमकल) र एक वटा प्रहरी भ्यान प्रदान गरेको हो ।

           बिहिबार बिराटनगरमा आयोजित कार्यक्रममा प्रदेश नम्बर १ का मूख्यमन्त्री शेरधन राईले खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईलाई दमकल र प्रहरी भ्यानको चाँवी हस्तान्तरण गरेका छन् । अत्यावश्यक सेवा केन्द्र सञ्चालनका लागि प्रदेश सरकारले केही समयपछि एउटा एम्बूलेन्स पनि प्रदान गर्ने जनाइएको छ ।

          प्रदेश सरकारले उपलव्ध गराएको दमकल आगलागीका समयमा अग्नी नियन्त्रणका लागि उपयोगी हुने गाउँपालिका अध्यक्ष राईले बताए । जिल्लाका १० वटा स्थानीय तहमध्ये हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्र दमकल थियो । यस्तै, बिरामीलाई अस्पतालसम्म पुर्‍याएर ज्यान बचाउनका लागि एम्बूलेन्स सहयोगी हुने गाउँपालिकाले जनाएको छ ।

        एकै ठाउँबाट मूख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्ने लक्ष्य अनुशार प्रदेश सरकारले दमकल, प्रहरी भ्यान र एम्बूलेन्स उपलव्ध गराएको बताइएको छ । ‘यो उपलव्धी प्राप्तीमा संघीय सांसद, प्रदेश सांसद लगायतको समन्वयको योगदान छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘प्राप्त भएको दमकल, भ्यान र एम्बूलेन्स ईलाका प्रहरी कार्यालय खोटाङबजारमा राख्ने छौँ । र आवश्यक परेको समयमा प्रयोगमा ल्याउने छौँ ।’
    प्रदेश सरकारले उपलव्ध गराएको दमकल र प्रहरी भ्यान लिनका लागि गाउँपालिकाका अध्यक्ष राई, उपाध्यक्ष कविता राई, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई लगायत बिराटनगर पुगेका थिए ।

    सम्बन्धित समाचार