Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कति सम्पत्ति होला ?

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कति सम्पत्ति होला ?


    • बिहिवार, आश्विन २९ २०७७

    • नेपाल वाइड


    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कति सम्पत्ति होला ?

           भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कति सम्पत्ति होला ? यसबारे जिज्ञासा सबैको हुन सक्छ । यसैक्रममा भारतका केही सञ्चारमाध्यमले मोदीले सार्वजनिक गरेको सम्पत्ति विवरणबारे बिहीबार प्राथमिकताका साथ समाचार बनाएका छन् । 

          गत वर्षभन्दा यस वर्ष प्रधानमन्त्री मोदीको सम्पत्तिमा वृद्धि भएको छ । गत वर्ष ३० जुनमा सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार मोदीसँग दुई करोड ४९ लाख भारतीय रुपैयाँ थियो । यसपटक उनको कुल सम्पत्ति दुई करोड ८५ लाख भारतीय रुपैयाँ पुगेको छ । यस अर्थमा उनले एक वर्षमा ३६ लाख भारु जम्मा पारेछन् ।

          बैंकको मुद्दती खाता (एफडी)मा राखेको रकमबाट मोदीले एक वर्षमा ३८ लाख भारु थप गरेको एजेन्सीहरूले जनाएका छन् । प्रधानमन्त्री मोदीसँगै गृहमन्त्री अमित साह, रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकर, अर्थमन्त्री निर्मला सीतारमणलगायत अन्य सिनियर मन्त्रीहरूले आ–आफ्नो सम्पत्ति विवरण बुझाएको भारतीय मिडियाहरूले जनाएका छन् । जुनियर मन्त्रीमा बाबुल सुप्रियोलगायतले अहिलेसम्म सम्पत्ति विवरण बुझाएका छैनन् । ७० वर्षीय प्रधानमन्त्री मोदीले अहिलेसम्म बैंकबाट ऋण लिएका छैनन् । मोदीसँग घरमा ३१ हजार चार सय ५० भारु रहेको विवरणमा उल्लेख छ ।

          भारतीय एजेन्सीहरूका अनुसार ३१ मार्च ०१९ मा प्रधानमन्त्री मोदीले एउटा बैंकमा चार हजार एक सय १३ रुपैयाँ जम्मा गरेका थिए । गान्धी नगरस्थित एसबिआई बैंकको शाखामा उनले एक करोड ६० लाख २८ हजार ३९ भारु एफडीमा राखेका छन् । एक वर्षअघि यसै बैंकमा एक करोड २७ लाख ८१ हजार पाँच सय ४७ भारु थियो । मोदीले आठ लाख ४३ हजार एक सय २४ भारु नेसनल बचतमा राखेका छन् । 

          मोदीले जीवनबिमा गरेका छन् । उनले प्रतिवर्ष बिमा कम्पनीलाई एक लाख ५० हजार नौ सय ५७ भारु बुझाउने गर्छन् । यो वर्ष एफडीमा राखेको रकमबाट मोदीले ३३ लाख भारु ब्याज पाएका छन् । गत वर्ष लोकसभामा उनले सम्पत्ति विवरण बुझाउँदा गान्धी नगरको एसबिआई बैंकको खातामा एक करोड २७ लाख ८१ हजार ३९ भारु रहेको जानकारी दिएका थिए । यो वर्ष उनले त्यही बैंकमा एक करोड ६० लाख २८ हजार ३९ भारु भएको उल्लेख गरेका छ । 

        विश्वका शक्तिशाली राष्ट्रमध्ये एक भारतका प्रधानमन्त्रीसँग महँगा कार वा लक्जरियस गाडीको अपेक्षा जोकोहीले गर्नु स्वाभाविक हो । तर, सरल जीवन बिताउन मन पराउने मोदीले आफूसँग कुनै पनि निजी सवारीसाधन नभएको उल्लेख गरेका छन् । 

        गान्धी नगरमा एक घर छ, अहिलेको मूल्यअनुसार एक करोड १० लाख भारु पर्छ । यो घरको मालिक स्वयं मोदी र उनको परिवार भएको उल्लेख छ । मोदीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनीसँग चारवटा सुनका औँठी रहेको जनाए । 

       भारतीय समाचार एजेन्सी र सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री मोदी प्रतिमहिना दुई लाख भारु तलबस्वरूप लिने गर्छन् । कोरोना भाइरसका कारण देशलाई आर्थिक भार नपरोस् भनी मोदीले यसपटक राष्ट्रपति, उपराष्ट्रपति, क्याबिनेटका सदस्य, सांसद तथा अन्य विशिष्ट कर्मचारीको ३० प्रतिशत तलब कटाएका छन् । उनले यो अप्रिल महिनादेखि नै लागू गरेका थिए । 

    सम्बन्धित समाचार