Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    संक्रमण बढेपछि फ्रान्सका ९ शहरमा कर्फ्यू

    संक्रमण बढेपछि फ्रान्सका ९ शहरमा कर्फ्यू


    • बिहिवार, आश्विन २९ २०७७

    • नेपाल वाइड


    संक्रमण बढेपछि फ्रान्सका ९ शहरमा कर्फ्यू

    तस्वीर : रोयटर्स

          काठमाडौँ । फ्रान्समा दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै राजधानि पेरिससहितका ९ शहरमा कर्फ्यू घोषणा गरिएको छ । राजधानी पेरिससमेत ९ शहरमा शनिबारदेखि लागू हुने गरी राती ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लागु हुने फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले बताएका छन् ।

            म्याक्रोंले एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा शनिबारदेखि ९ शहरमा लागु हुने कर्फ्यू चार हप्तासम्म कायम रहने जनाएका छन् । संक्रमण बढेपछि फ्रान्समा हाल स्वास्थ्य संकटकाल घोषणा गरिएको छ ।

             बिहीबारसम्म फ्रान्समा ७ लाख ७९ हजारमा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ २२ हजार ५९१ मा संक्रमण पुष्टि भएको छ ।

    सम्बन्धित समाचार