Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    प्रदेश १ मा शुक्रबार ४६८ कोरोना संक्रमित थपिए

    प्रदेश १ मा शुक्रबार ४६८ कोरोना संक्रमित थपिए


    • शुक्रवार, आश्विन ३० २०७७

    • नेपाल वाइड


    प्रदेश १ मा शुक्रबार ४६८ कोरोना संक्रमित थपिए

           विराटनगर । प्रदेश १ मा शुक्रबार ४६८ कोरोना संक्रमित थपिएका छन् । मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, तेर्‍हथुममा ७, उदयपुरमा ४, इलाममा ३, धनकुटा र संखुवासभामा २–२, भोजपुर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

          मन्त्रालयका अनुसार विराटनगरमा १३४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४९ महिला र ८५ पुरुष छन् । मोरङको सुन्दरहरैँचामा १३, उर्लाबारीमा १२, बेलबारीमा ११, पथरीशनिश्चरेमा ७, ग्रामथानमा ५, केराबारीमा ३, बुढीगंगा, लेटाङ, कानेपोखरी र धनपालथानमा २–२, कटहरी, रंगेली र रतुवामाईमा १–१ र स्थानीय तह नखुलेका ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ । 

          सुनसरीको धरानमा १०८, इटहरीमा ६५, दुहवीमा ६, बराहक्षेत्रमा ५, बर्जु र रामधुनीमा ३–३, गढी र इनरुवामा २–२, देवानगञ्ज र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

         उता झापाको बिर्तामोडमा ८, भद्रपुरमा ६, दमकमा ४, अर्जुनधारामा ३, बुद्धशान्ति र गौरादहमा २–२, शिवसताक्षी, कनकाई,  कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, तेर्‍हथुमको म्याङलुङमा २, लालीगुराँसमा १, स्थानीय तह नखुलेका ४, उदयपुरको त्रियुगामा ३ र बेलकामा १, इलामको माई, देउमाई र स्थानीय तह नखुलेका १–१, धनकुटामा २, संखुवासभाको खाँदबारी र सभापोखरीमा १–१, भोजुरको षडानन्दमा १, ताप्लेजुङको आठराई त्रिवेणीमा १ र प्रदेश १ बाहिरका १२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार ७०२ पुगेको छ ।

     

    सम्बन्धित समाचार