Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी तुवाचुङ : नदीको पानी लिफ्ट गर्न नगरपालिकामा विद्युतीकरण गरिँदै

    हलेसी तुवाचुङ : नदीको पानी लिफ्ट गर्न नगरपालिकामा विद्युतीकरण गरिँदै


    • शुक्रवार, आश्विन ३० २०७७

    • नेपाल वाइड


    हलेसी तुवाचुङ : नदीको पानी लिफ्ट गर्न नगरपालिकामा विद्युतीकरण गरिँदै

           खोटाङ । असोज ३०, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको कोसी करिडोर क्षेत्रमा सिँचाई गर्ने पानी लिफ्ट गर्नका लागि विद्युतीकरणको तयारी गरिएको छ । नगरपालिकाभित्रका दुधकोसी र सुनकोसी किनारमा रहेका खेतीयोग्य जमिनमा सिँचाई सुविधा विस्तारका लागि आवश्यक पानी लिफ्ट गर्न हाइटेन्सनलाईन विस्तारको तयारी गरिएको हो ।

           हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाबाट रातमाटे सुनकोसीसम्म, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको पिपलटारबाट सुनकोसीसम्म, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेबाट घोपाटार दुधकोसीसम्म, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारबाट भदौरे दुधकोसीसम्म, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेबाट हात्तीटार दुधकोसीसम्म, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको शिखरकटेरीबाट सुनकोसीसम्म, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीबाट भाटबेँसी सुनकोसीसम्म एचटि लाईनका लागि विद्युतीकरण गर्न लागिएको हो ।

           ‘उज्यालो नगरपालिका अभियान’ अन्तरगत हाल हलेसी तुवाचुङ नगरपालिकाका सबै वडामा विद्युत विस्तारको काम भइरहेपनि शाखालाईनबाट लिफ्टीङ गर्ने उपकरण नचल्ने भएकाले हाईटेन्सन लाईन विस्तारका लागि विद्युतीकरणको तयारी गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

           जिविकोपार्जनको आधार तयार गर्ने लक्ष्यकासाथ सिँचाई सुविधा प्रयोजनकालागि विद्युतीकरणका काम गर्न नेपाल विद्युत प्राधिकरणले पहिलो चरणमा २ करोड २४ लाख ६० हजार ५२२ रुपैयाँ (भ्याट सहित) बजेट स्वीकृत गरेको छ । प्राधिकरणले असोज २८ गते हाइटेन्सनलाईन (एचटि लाईन) बिस्तार, पोल तथा ट्रान्सफर्मर जडानका लागि १ करोड ८९ लाख ४२ हजार ३०६ तथा ज्यालातर्फ ३५ लाख १८ हजार २१६ रुपैयाँ बजेट तथा कार्यक्रम स्वीकृत गरेको हो ।

           शाखालाईनबाट नदीको पानी तान्न सम्भव नहुने भएकाले खेतीयोग्य जमिन भएका कोसी करिडोरमा हाइटेन्सनलाईन विस्तार गर्ने र नदीको पानी गाउँमा तानेर सिँचाई सुविधा विस्तार गर्ने लक्ष्य राखिएको मेयर राईले बताए । बजेट स्वीकृत भएसँगै कामका लागि टेण्डर प्रकृयामा अघि बढिसकेको नगरपालिकाले जनाएको छ ।

          कोसी करिडोरमा नदीको पानी तान्नका लागि विद्युतीकरणको काम गर्न नगरपालिकाले नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्र दिक्तेलमार्फत असोज २२ गते प्रकृया अघि बढाएको थियो । सुक्खाग्रस्त क्षेत्रकारुपमा रहेको नगरपालिकाको बडहरेको घोपाटार, खोक्सेलीबेँसी, डिकुवाको रातमाटे, मंगलटारको महादेवबेँसी र टिम्मुरे, डिकुवाको डिकुवा, राजापानीको भाडबेँसी लगायतका कोसी करिडोरमा रहेको खेतीयोग्य जमिनमा नदीको पानी तानेर खेती गर्न सकिने सम्भावना छ ।

    सम्बन्धित समाचार