Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोरोना संक्रमित थपिएपछि रतन्छामा शिलमाथि शिल

    कोरोना संक्रमित थपिएपछि रतन्छामा शिलमाथि शिल


    • आइतवार, कार्तिक २ २०७७

    • नेपाल वाइड


    कोरोना संक्रमित थपिएपछि रतन्छामा शिलमाथि शिल
    सांकेतिक तस्बिर

             खोटाङ । कात्तिक २, थप अर्को जना कोरोना संक्रमित भेटिएपछि खोटाङको साकेला गाउँपालिका–२ रतन्छामा शिलमाथि अर्को शिल गरिएको छ । काठ्माण्डौंबाट आएका एक युवालाई कोरोना संक्रमण पूष्टी भएपछि गत असोज २६ गतेदेखि कात्तिक ३ गतेसम्मका लागि शिल गरिएको रतन्छामा थप अर्को जना संक्रमित फेला परेपछि शिल अवधि हप्ता दिनका लागि लम्व्याइएको हो ।

            रतन्छालाई शिल गरिएको अवस्थामा पुःन अर्को संक्रमित फेला परेपछि आइतबारदेखि आगामी कात्तिक ८ गतेसम्मका लागि शिल अवधि थप गरिएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का झंकारले बताए । युवालाई संक्रमण पूष्टी भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा १९ जनाको स्वाव संकलन गरेर पिसिआर परिक्षणमा पठाइएको थियो । त्यसमध्ये तीन जनाको रिपोर्ट आउन बाँकी रहेको छ । अर्को जना महिला संक्रमित फेला परेपछि कट्यान्ट ट्रेसिङका आधारमा अन्य व्यक्तीको पिसिआर परिक्षणका लागि पठाउने तयारी भइरहेको गाउँपालिका अध्यक्ष खड्काले बताए ।

          काठ्माण्डौंबाट आएका युवालाई संक्रमण पूष्टी भएपछि उनकै सम्पर्कमा रहेका व्यक्तीको नमूना संकलन गरेर असोज २७ गते बिराटनगर पठाइएकामा शनिबार अर्को एक जनालाई संक्रमण पूष्टी भएको हो । रतन्छामा संक्रमित थपिएपछि पहिलोपल्टको शिल अवधि नसकिँदै लगातार दोश्रोपल्टका लागि शिल थप भएको हो ।

        घरपरिवार, छिमेकी, टोल, वडा र गाउँपालिकाका स्थानीयलाई सम्भावित संक्रमण हुनबाट बचाउनका लागि वडा शिल गरिएको गाउँपालिकाले जनाएको छ । वडामा कोरोना संक्रमित भेटिएपछि गाउँपालिकाबाट प्रवाह हुने अतिआश्यक बाहेकका अन्य सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले जारी गरेको सूचनामा उल्लेख छ । सो अवधिमा गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङ आसपासमा सञ्चालनमा रहेका होटल तथा पसल, नेपाल एसबिआई बैंक, साना तथा ठूला सवारी साधन बन्द गरिएको गाउँपालिकाले जनाएको छ । साकेला गाउँपालिकामा संक्रमितको संख्या तीन पुगेको छ ।

          यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप दुई जनालाई संक्रमण पूष्टी भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका एक जना र एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पूष्टी भएको हो । पछिल्लो समय कोरोना संक्रमण दर बढिरहेको भए पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गर्नमा भने बेवास्ता बढिरहेको छ ।

    सम्बन्धित समाचार