Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    लागुऔषध ब्राउन सुगरसहित बाँकेमा दुई जना पक्राउ

    लागुऔषध ब्राउन सुगरसहित बाँकेमा दुई जना पक्राउ


    • आइतवार, कार्तिक २ २०७७

    • नेपाल वाइड


    लागुऔषध ब्राउन सुगरसहित  बाँकेमा दुई जना पक्राउ
    प्रतिकात्मक तस्बिर

             बाँके । प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित बाँकेमा दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ का प्रदीप खटिक र १६ जयसपुरकी २१ वर्षीया निशा खानलाई ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

             खटिकलाई नेपालगञ्ज– १४ उदयपुरबाट चार ग्राम र जयसपुरका बिलेदार खानकी २१ वर्षीया छोरी निशालाई भारतबाट नेपाल ल्याउँदै गरेका अवस्थामा १४ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

             जिल्ला प्रहरी कार्यालय बाँकेका सादा पोशाकमा रहेका प्रहरी नायब निरीक्षक बमबहादुर रावलको नेतृत्वमा खटिएको टोली र लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी नायब निरीक्षक प्रेमबहादुर अधिकारीसहितको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रदेश प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित समाचार