Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेपाल बैंक लिमिटेडको वार्षिकोत्सवको अवसरमा विभिन्न सेवाहरु निःशुल्क प्रदान

    नेपाल बैंक लिमिटेडको वार्षिकोत्सवको अवसरमा विभिन्न सेवाहरु निःशुल्क प्रदान


    • आइतवार, कार्तिक २ २०७७

    • नेपाल वाइड


    नेपाल बैंक लिमिटेडको वार्षिकोत्सवको अवसरमा विभिन्न सेवाहरु निःशुल्क प्रदान
    नेपाल बैक लिमिटेड

          काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८४औं वार्षिकोत्सवको अवसरमा विभिन्न सेवाहरु निःशुल्क प्रदान गर्ने भएको छ ।

            बैंकले आफ्नो स्थापनाको ८४औं वर्ष प्रवेशको सुखद् अवसरमा आफ्ना ग्राहकहरुको अटल विश्वास र भरोसाको उच्च कदर गर्दै यहि कार्तिक १ गते देखि निक्षेप खाताहरुमा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट एकाउन्ट, मेरो शेयर, सी आस्वा र भिसा डेविट कार्ड निःशुल्क प्रदान गर्ने भएको छ । 

            देशको ६४ जिल्लामा रहेका आफ्ना १९१ शाखा, १२६ एटिएम तथा ३६ वटा एक्टेन्शन काउण्टरमार्फत देश र आम नेपालीको बैंकिङ्ग सेवामा समर्पित रहि अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु उपलब्ध गराउँदै आइरहेको छ ।

          बिक्रम संम्वत् १९९४ कात्तिक ३० गते लक्ष्मीपूजाको दिन बैंकको स्थापना भएको नेपाल बैंकले वार्षिकोत्सवको शुभ–अवसरमा आफ्ना ग्राहकहरुमा अझ बढी अत्याधुनिक बैंकिङ्ग सेवा, सुविधाहरु प्रदान गर्दै जाने प्रतिवद्धता पनि व्यक्त गरेको छ । 

           

    सम्बन्धित समाचार