Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    प्राकृतिक विपत्तीको मारमा परेका व्यवसायीलाई बाणिज्य संघ खोटाङको सहयोग

    प्राकृतिक विपत्तीको मारमा परेका व्यवसायीलाई बाणिज्य संघ खोटाङको सहयोग


    • सोमवार, कार्तिक ३ २०७७

    • नेपाल वाइड


    प्राकृतिक विपत्तीको मारमा परेका व्यवसायीलाई बाणिज्य संघ खोटाङको सहयोग
    वर्षाका घरमा क्षती पुगेका व्यवसायी जागिरमान बिकलाई चेक हस्तान्तरण गर्दै उद्योग बाणिज्य संघका अध्यक्ष उपिनकुमार राई लगायत तस्बिर:नेपाल वाइड

           खोटाङ । कात्तिक ३, उद्योग बाणिज्य संघ खोटाङले प्राकृतिक विपत्ती तथा दुर्घटनाका कारण पिडित भएका व्यवसायीलाई आर्थिक सहयोग गरेको छ । वर्षा, आगलागी, सडक दुर्घटना जस्ता विपत्तीबाट पिडित भएका व्यवसायीलाई बाणिज्य संघले आफ्नो राहत कोषबाट राहत रकम प्रदान गरेको हो ।

          सोमबार राहत प्रदान एबं राहत वितरण सार्वजनिकीकरण कार्यक्रम गर्दै बाणिज्य संघले वर्षाका कारण घरमा क्षती पुगेका व्यवसायी जागिरमान बिकलाई २५ हजार, सुधिर शाक्यलाई २५ हजार र बोलेरो दुर्घट्नामा सामान गुमाएर क्षती बेहोरेका गयकुमार बजिमयलाई १० हजार प्रदान गरेको छ ।

           पिडित व्यवसायीलाई उद्योग बाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले राहत वापत चेक हस्तान्तरण गरेका छन् । यस आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा प्राकृतिक तथा दैवी विपत्तीको मारमा परेका व्यवसायीलाई १ लाख ५५ हजार राहत प्रदान गरेको बाणिज्य संघले जानकारी दिएको छ ।

           यस वर्ष बोलेरो दुर्घटना हुँदा क्षती पुगेका व्यवसायी फुर्वा शेर्पालाई १० हजार, आगलागी पिडित गोबिन्द कट्वालाई २० हजार, आगलागी पिडित रोशन शैंजुलाई २५ हजार र ट्रक दुर्घटना बेहोरेका हिराकाजी खत्रीलाई ४० हजार राहत प्रदान गरिएको अध्यक्ष राईले बताए ।

           प्राकृतिक तथा दैवी विपत्तीको मारमा परेका व्यवसायीलाई सहयोग गर्ने लक्ष्यकासाथ स्थापना गरिएको राहत कोषबाट उनीहरुलाई सहयोग प्रदान गरिएको हो । बाणिज्य संघका पदाधिकारीले वार्षिक रुपमा जनही पाँच सय राहत कोषमा जम्मा गर्ने र पिडित व्यवसायीलाई प्रदान गर्ने व्यवस्था मिलाइएको अध्यक्ष राईले बताए । राहत हस्तान्तरण कार्यक्रममा बाणिज्य संघका पुर्वअध्यक्ष राजेन्द्र लयालु, संघका पदाधिकारी, सदस्य लगायतको उपस्थिति रहेको थियो ।

     

    सम्बन्धित समाचार