Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोरोना पिडित विपन्न परिवारलाई राहत दिँदै रावाबेँसी गाउँपालिका

    कोरोना पिडित विपन्न परिवारलाई राहत दिँदै रावाबेँसी गाउँपालिका


    • सोमवार, कार्तिक ३ २०७७

    • नेपाल वाइड


    कोरोना पिडित विपन्न परिवारलाई राहत दिँदै रावाबेँसी गाउँपालिका
    कुभिन्डेका विपन्न परिवारलाई राहत प्रदान गर्दै रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला

              खोटाङ । कात्तिक ३, खोटाङको रावाबेँसी गाउँपालिकाले कोरोना महामारीबाट पिडित विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । कोरोना महामारीका कारण गिटी, ढुंगा, सिकर्मी, डकर्मी जस्ता दैनिक ज्यालादारीका काम गर्न नपाउँदा दशैं तिहार मान्न नसक्ने अवस्थामा पुगेका विपन्न, दलित एबं महिलालाई छानेर गाउँपालिकाले राहत वितरण सुरु गरेको हो ।

             रावाबेँसी गाउँपालिका–१ कुभिन्डेबाट विपन्न, दलित एबं महिलालाई राहत वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए । ६ वडा रहेको गाउँपालिकाका पहिरो पिडित २० घर सहित ४१५ परिवारलाई ९ लाख ६३ हजार बराबरको राहत वितरण गरिने जनाइएको छ ।

            सहजरुपमा दशैंतिहार मनाउनका लागि सहयोग पुर्‍याउन कोरोना पिडित परिवारलाई प्रतिघर ३० केजी चामल, दुई केजी दाल, दुई पोका तेल, दुई केजी नुन र एक डल्लो साबुन वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । आगामी कात्तिक ६ गतेसम्ममा राहत वितरण गरिसक्ने गाउँपालिकाले जनाएको छ ।

             रावाबेँसी गाउँपालिका–१ कुभिण्डेका ६८ घर, रावाबेँसी गाउँपालिका–२ खार्पाका ६५ घर, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका ७० घर, रावाबेँसी गाउँपालिका–४ धारापानीका ६८ घर, रावाबेँसी गाउँपालिका–५ दुवेकोलका ५५घर र रावाबेँसी गाउँपालिका–६ हौंचुरका ६५ घरलाई खाद्य सामग्री प्रदान गर्ने गाउँपालिकाको तयारी छ । ‘राहतका लागि वडाको सिफारिसमा आएका परिवारलाई गाउँपालिकाले कुपन दिन्छ ।

            सर्वसाधारणले त्यही कुपन दिएर पसलबाट खाद्यान्न लिएर जान्छन्,’ गाउँपालिका अध्यक्ष निरौलाले भने, ‘व्यवसायीलाई पनि त्यही कुपनका आधारमा खातामार्फत भुक्तानी दिने व्यवस्था गरेका छौँ । तर विपन्न परिवारले गाउँपालिकाले तोकेको पसलबाट गाउँपालिकाले निर्धारण गरेको मूल्यामा खाद्य सामग्री गरिद गर्नुपर्ने छ ।’

            गाउँपालिकाले गत साउन १८ गते परेको भारी वर्षाका कारण गएको पहिरो पिडितलाई पनि राहत दिन सुरु गरेको छ । गाउँपालिकाले कुभिन्डेका १२ परिवार, खार्पा रुभुङका ४ र दुबेकोलका ४ परिवारलाई राहत दिने भएको हो । वर्षा पिडित परिवारलाई प्रतिपरिवार ३० केजी चालम, दुई केजी दाल, दुई पोका तेल, दुई केजी नुन र एक डल्लो साबुन प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।

             पहिरोबाट पिडित भएका दर्जनौं परिवारमध्ये अतिपिडित परिवारलाई छानेर खाद्यान्न वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । भारी वर्षाका कारण माथिको डिल खस्दा तथा घरको जगमुनिको डिल पहिरोकोरुपमा भत्किँदा कुभिन्डेका मात्र १३ घर जोखिममा परेको थियो ।

     

    सम्बन्धित समाचार