Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेपाल उद्योग वाणिज्य महासंघको चुनाव तीन ठाउँबाट गर्ने तय

    नेपाल उद्योग वाणिज्य महासंघको चुनाव तीन ठाउँबाट गर्ने तय


    • बुधवार, कार्तिक ५ २०७७

    • नेपाल वाइड


    नेपाल उद्योग वाणिज्य महासंघको चुनाव तीन ठाउँबाट गर्ने तय

           काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आसन्‍न चुनाव तीन ठाउँबाट गर्ने तय गरेको छ । महासंघको ५४औं वार्षिक साधारणसभा आगामी मंसिर ११ र १२ गतेका लागि तय गरिएको छ । 

           मंसिर ११ गते उद्घाटन सत्र रहनेछ भने १२ गते निर्वाचन हुनेछ । निर्वाचनका लागि महासंघले महासंघको सचिवालय टेकु, कार्की ब्याङ्‍क्‍वेट बबरमहल र प्रज्ञा प्रतिष्ठानमा निर्वाचनका कार्यक्रम हुनेछन् ।

          स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै महासंघले तीन ठाउँमा निर्वाचन गर्न लागेको अध्यक्ष भवानी राणाले बताइन् । यी तीन ठाउँमा जिल्ला/नगर, वस्तुगत र एसोसिएटतर्फको छुट्टाछुट्टै ठाउँमा चुनावको तयारी गरिएको उनले बताइन् । 

           वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्‍न पाउने व्यवस्थाअनुसार आगामी साधारणसभा पनि महासंघका अध्यक्ष शेखर गोल्छा हुनेछन् । उनी यसअघि वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । गोल्छापछिको कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा हालका उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित उमेदवारी घोषणा गरेका छन् ।

     

    सम्बन्धित समाचार