Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ देखि सञ्चालन हुने

    स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ देखि सञ्चालन हुने


    • बुधवार, कार्तिक ५ २०७७

    • नेपाल वाइड


    स्थगित कक्षा १२ को  परीक्षा मंसिर  ९  देखि सञ्चालन हुने
    परिक्षा बोर्ड

           कक्षा १२ को वार्षिक परीक्षा आगामी ९ मंसिरदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले ८ वैशाखबाट सञ्चालन हुने गरी तय भएको, तर कोभिड– १९ का कारण स्थगित भएको कक्षा १२ को परीक्षाको तालिका बुधबार सार्वजनिक गरेको हो ।

            बोर्डले कक्षा १२ को परीक्षा बिहान ८ देखि साढे ९ बजेसम्म सञ्चालन गर्ने भएको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार ९ देखि १६ मंसिरसम्म सञ्चालन हुने परीक्षाको तयारी भइरहेको छ । कार्यविधिअनुसार प्रश्नपत्र निर्माणको तयारी भइरहेको उनले बताए । उत्तरपुस्तिका पहिले कायम भएका परीक्षा केन्द्रसम्म पुऱ्याउने र त्यहाँबाट विद्यालयले लैजाने व्यवस्था गर्ने बताए ।

            होमसेन्टर कायम गरी परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए । विद्यार्थीले आफैँले पढेको विद्यालयमा पुगेर जाँच दिन सम्भव नभएमा अहिले विद्यार्थी रहेको जिल्लाको नजिकको विद्यालयमा परीक्षा लिने व्यवस्था हुने उनले बताए । काठमाडौं उपत्यकाभित्रका जिल्लामा विद्यार्थी आफैँले पढेको विद्यालयमा परीक्षा दिन जानुपर्छ । बोर्डले परीक्षा दिनका लागि प्रवेशपत्र अनिवार्य गरेको छ ।

           बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिने भएको हो । ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधार लिइने र २० प्रतिशत प्रयोगात्मक परीक्षा वा आन्तरिक मूल्यांकन हुने गरी कार्यविधि तयार भएको छ । डेढ घन्टाको हुने परिक्षामा विद्यार्थीको समग्र ज्ञानलाई समेट्ने गरी प्रश्नपत्र तयार गरिने छ ।

            संक्रमित विद्यार्थीको परीक्षा निको भएपछि लिइने

           कक्षा १२ को परीक्षा दिने विद्यार्थी कोरोना संक्रमित भएको वा आइसोलेसनमा बसेको अवस्थामा निको भएपछि परीक्षा लिने व्यवस्था मिलाईने जनाईएको छ । कोभिड– १९ पजिटिभ भएको रिपोर्ट आफैँले पढेको विद्यालयमा पेस गरेपछि कोभिड भएको कम्तीमा १५ दिनपछि परीक्षा लिने लिईने छ ।

           परीक्षा हलमा विद्यार्थीबीचको दूरी कम्तीमा दुई मिटर फरक गर्नुपर्ने व्यवस्था गरेको छ । परीक्षा दिन आउँदा कसैलाई रुघा वा ज्वरो आएमा छुट्टै बसेर जाँच दिने व्यवस्था हुने उनले बताए । जति ठूलो हल भए पनि एउटा हलमा २० भन्दा बढी विद्यार्थी राख्न पाइँदैन । परीक्षा केन्द्रमा माक्सलगायतका स्वास्थ्य रहने उपाय अवलम्बन गर्नुपर्नेछ ।

    सम्बन्धित समाचार