Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोरोना जोखिम कम गर्न हलेशी मंगलटारमा अनिवार्य होमक्वारेन्टीन

    कोरोना जोखिम कम गर्न हलेशी मंगलटारमा अनिवार्य होमक्वारेन्टीन


    • बुधवार, कार्तिक ५ २०७७

    • नेपाल वाइड


    कोरोना जोखिम कम गर्न हलेशी मंगलटारमा अनिवार्य होमक्वारेन्टीन
    वडा कार्यालय मंगलटार

             खोटाङ । कात्तिक ५, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा स्वदेश तथा विदेशबाट आउने सर्वसाधारणलाई अनिवार्य हप्ता दिन होमक्वारेन्टीनमा बस्न भनिएको छ ।

           दशैंतिहार मनाउनका लागि स्वदेश तथा विदेशबाट घर आउनेक्रममा संक्रमण फैलिने खतरा भएका कारण वडा कार्यालय मंगलटारले घर आएको ७ दिनसम्म होमक्वारेन्टीनमा बस्न आग्रह गरेको हो । वडा कार्यालयले बुधबार सूचना जारी गर्दै आफु, आफ्नो परिवार तथा छरछिमेकलाई संक्रमण हुनबाट जोगाउँदै दशैं तिहार मनाउन भनेको छ ।

          हप्ता दिनसम्म होमआइसोलेसनमा बस्न सके गाउँमा संक्रमण फैलिने खतरालाई कम गर्न सकिने भएकाले होमआइसोलेसनको विकल्प नभएको मंगलटारका वडाध्यक्ष रमेश राउतले बताए ।

           ‘चाडवाड मनाउन शहरबाट गाउँ आउने नागरिकबाट संक्रमण फैलिने खतरा बढेको छ । घर आउने व्यक्तीलाई नआउ भन्न पनि मिलेन,’ वडाध्यक्ष राउतले भने, ‘यो बेलामा क्वारेन्टीनमा राख्न पनि सकिन्न । त्यही भएर हप्ता दिनसम्म घरबाट अन्यत्र नजानु भनिएको हो । संक्रमण फैलिन नदिने योभन्दा उत्तम बिकल्प देखिएन ।’

           जिल्लामा दशैंतिहार मनाउनका लागि आउने कतिपय व्यक्तीबाट कोरोना संक्रमणको जोखिम बढेको छ । तर, उनीहरुलाई होमक्वारेन्टीनमा राख्ने व्यवस्था मिलाउनमा स्थानीयको सरकारको ध्यान जान सकेको छैन ।

    सम्बन्धित समाचार