Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको रावाबेँसीमा उपभोग्यवस्तुको दर रेट निर्धारण

    खोटाङको रावाबेँसीमा उपभोग्यवस्तुको दर रेट निर्धारण


    • बुधवार, कार्तिक ५ २०७७

    • नेपाल वाइड


    खोटाङको रावाबेँसीमा उपभोग्यवस्तुको दर रेट निर्धारण
    रावाबेँसी गाउँपालिका खोटाङ

            खोटाङ । कात्तिक ५, खोटाङको रावाबेँसी गाउँपालिकाले स्थानीय बजार मूल्यामा एकरुपता कायम गर्नका लागि उपभोग्यवस्तुको मूल्या निर्धारण गरेको छ । स्थानीय बजारमा एउटै सामानको मूल्या फरक–फरक पर्ने अवस्थालाई नियन्त्रण गर्दै गाउँपालिकाभरीका बजार मूल्यामा एकरुपता कायम गर्नका लागि दर रेट तथा मूल्या निर्धारण गरिएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए ।

            विशेषगरी मासुजन्य तथा खाद्य सामग्री गरी २० प्रकारका उपभोग्य वस्तुको बजार मूल्यामा एकरुपता काम गर्नेगरी गाउँपालिकाले दर रेट तथा मूल्या निर्धारण गरेको हो । दर रेट तथा मूल्या निर्धारणपछि अर्को व्यवस्था नभएसम्मका लागि गाउँपालिकाका ६ वटै वडाका हाटबजार तथा पशलमा खाद्य तथा मासुजन्य सामग्री एउटै मूल्यामा किनबेच हुने गाउँपालिकाले जनाएको छ ।

            गाउँपालिकाको बैठकले खसी/बोकोको मासुको मूल्या प्रतिकेजी ७ सय, राँगाको मासु प्रतिकेजी ३५०, सुँगुरको मासु प्रतिकेजी २४०, माछा प्रतिकेजी ५ सय, लोकल राम्रो लामो चामल प्रतिकेजी १ सय, लोकल खुकुरा प्रतिकेजी ७ सय, ब्रोइलर कुखुरा प्रतिकेजी ३ सय, गिरीराज कुखुरा प्रतिकेजी ६ सय, लोकल छोटा चामल प्रतिकेजी ७५ रुपैयाँ, वर्षे धानको चामलको मूल्या प्रतिकेजी ७० रुपैयाँ निर्धारण गरेको छ ।

            यस्तै, स्टीम जिरा चामलको मूल्या प्रतिकेजी ७५ रुपैयाँ, सोना मन्सुली चामल (पुरानो) प्रतिकेजी ५० रुपैयाँ, नयाँ कान्छी मन्सुली चालम प्रतिकेजी ४५ रुपैयाँ, लोकल कालो दाल प्रतिकेजी १५०, लोकल सेतो मास प्रतिकेजी १ सय, मुसुरी दाल प्रतिकेजी १४० रुपैयाँ, तोरीको तेल प्रतिलिटर १९० रुपैयाँ, सुर्यमुखी तेल प्रतिकेजी १८० रुपैयाँ, आयोडिन नुन प्रतिकेजी ३० रुपैयाँ र ढिके नुनको मूल्या प्रतिकेजी २० रुपैयाँ निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ ।

            तोकिएको दर रेट कार्यान्वयन भए/नभएको विषयमा अनुगमन गर्ने गाउँपालिकाको तयारी छ । अन्य उपभोग्यवस्तुको दर रेट आवश्यकताका आधारमा आगामी बैठकबटा निर्धारण गरिने गाउँपालिका अध्यक्ष निरौलाले बताए । ‘बजार तथा पसलमा एउटै उपभोग्य सामग्रीको मूल्या फरक–फरक पर्नेगरेको छ ।

            त्यसलाई नियन्त्रण गर्दै बजार मूल्यामा एकरुपता ल्याउनका लागि दर रेट निर्धारण गरिएको हो,’ गाउँपालिका अध्यक्ष निरौलाले भने, ‘अव एउटै उपभोग्यवस्तुको मूल्या गाउँपालिकाभरी एउटै हुन्छ । पछि बजार भाउ अनुशार दर रेटमा पुःर्नमूल्यांकन गर्नुपर्ने अवस्थामा बैठक बसेर अर्को नयाँ दर रेट निर्धारण गर्दै जाने छौँ ।’

    सम्बन्धित समाचार