Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    रुपन्देहीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

    रुपन्देहीमा थप २ जना कोरोना संक्रमितको मृत्यु


    • बिहिवार, कार्तिक ६ २०७७

    • नेपाल वाइड


    रुपन्देहीमा थप २ जना कोरोना संक्रमितको मृत्यु
    फायल तस्बिर

            रुपन्देही । बुटवलस्थित कोरोना विशेष अस्पतालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । अर्घाखाँचीको पाणिनि–७ का ३८ वर्षीय र रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुषको  मृत्यु भएको अस्पतालले जनाएको छ ।

              पाणिनिका पुरुष असोज २२ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना भएका थिए । उनको बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । त्यसैगरी तिलोत्तमाका वृद्धको कात्तिक १ गते कोरोना पुष्टि भएको थियो । उनको बुधबार राति नै मृत्यु भएको हो ।

     

    सम्बन्धित समाचार