Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नगर प्रहरी भर्नाको तयारीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

    नगर प्रहरी भर्नाको तयारीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका


    • शुक्रवार, कार्तिक ७ २०७७

    • नेपाल वाइड


    नगर प्रहरी भर्नाको तयारीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

             खोटाङ - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर प्रहरी भर्नाको तयारी थालेको छ । नगरको शान्ति-सुरक्षा एवं दैनिक कार्य सम्पादनका क्रममा सहयोगीका रुपमा उपयोग गर्ने गरी नगरपालिकाले आफ्नै प्रहरी भर्ना तयारी गरेको हो । १५ वडा रहेको नगरपालिकामा तत्कालका लागि ११ नगरप्रहरी भर्नाको तयारी गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले जानकारी दिए ।

            ‘स्थानीय सरकार सञ्चालन ऐन, ०७४ मा व्यवस्था भएअनुसार नगरपालिकामा शान्ति सुव्यवस्था प्रभावकारी ढंगले कार्यान्वयन गर्न नगर प्रहरी भर्ना गर्न लागिएको हो । आगामी तिहारपछि  नगर प्रहरी नियुक्तिका लागि विज्ञापन आह्वानलगायतका प्रक्रिया सुरु गर्ने योजना छ’, नगर प्रमुख रिजालले भने । 

              नगर प्रहरी भर्नाका लागि नगरपालिकाले सो सम्बन्धी ऐन पास गरिसकेको छ । प्रमुख रिजालका अनुसार नगरपालिकामा नियुक्त गरिने नगर प्रहरीका लागि आर्थिक वर्ष ०७७/७८ मा ४ लाख बजेट विनियोजन गरिएको छ । 

             जिल्लाका २ नगरपालिका र ८ गाउँपालिकामध्ये यसअघि ऐंसेलुखर्क गाउँपालिकाले गत वर्ष नै ३ गाउँ प्रहरी भर्ना गरिसकेको छ । शारीरिक परीक्षण, लिखित परीक्षा र अन्तर्वार्तामार्फत गाउँपालिकाले गाउँ प्रहरी छानेको हो । ऐंसेलुखर्कमा कालो टोपी, सेटो सर्ट, नीलो पाइन्ट र कम्मरमा खुकुरी भिरेका गाउँ प्रहरी ड्युटीमा खटिएका देखिन्छन् । 

    सम्बन्धित समाचार