Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    राष्ट्रपतिबाट शक्तिपीठकाे दर्शन र सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम नहुने

    राष्ट्रपतिबाट शक्तिपीठकाे दर्शन र सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम नहुने


    • शुक्रवार, कार्तिक ७ २०७७

    • नेपाल वाइड


    राष्ट्रपतिबाट शक्तिपीठकाे दर्शन र सर्वसाधारणलाई टीका लगाउने  कार्यक्रम नहुने
    फायल तस्बिर

             काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दसैंको महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा विभिन्‍न शक्तिपीठमा दर्शन तथा विजयादशमीको दिन इच्छुक महानुभावलाई टीका प्रदानको कार्यक्रम स्थगन गरेका छन् । 

             विगतका दसैंमा उक्त परम्परा रहेकामा यस पटक विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण उक्त सबै कार्यक्रम नहुने राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।  रासस

    सम्बन्धित समाचार