शुक्रवार, कार्तिक ७ २०७७
नेपाल वाइड
जुम्ला । जुम्लाको गुठीचौर गाउँकार्यपालिका सदस्य जनक थकालीले आफ्नो सेवासुविधास्वरुप आउने रकम विद्यालयमा लगाएका छन् । उनले गाउँपालिकाभित्रका विद्यालयलाई १४० फर्निचर उपलब्ध गराएका छन् ।
पाँच वर्षमा आउने सबै सेवासुविधाको रकम विद्यालयमा लगानी गरिने सदस्य थकालीले जानकारी गराए । आवश्यक फर्निचर नहुँदा विद्यार्थी भुइँमा बस्नुपरेको थियो ।
खड्कदेवी मावि मणिसाँघुका अध्यक्ष अर्जुन महताराले शिक्षा क्षेत्रमा कार्यपालिका सदस्य थकालीले गरेको लगानी अति राम्रो रहेको बताए ।उनले भने,“जनप्रतिनिधि धेरै भए तापनि स्थानीयवासीको आवश्यकता र माग बुझ्ने जनप्रतिनिधि उनी मात्र हुन् ।” रासस