Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको राजापानीमा केन्द्रीय विद्युत विस्तार

    खोटाङको राजापानीमा केन्द्रीय विद्युत विस्तार


    • शनिवार, कार्तिक ८ २०७७

    • नेपाल वाइड


    खोटाङको राजापानीमा केन्द्रीय विद्युत विस्तार
    राजापानीको भाँडबेशी र मंशिरेमा केन्द्रीय विद्युत विस्तार

            खोटाङ । खोटाङको राजापानीमा केन्द्रीय विद्युत विस्तार गरिएको छ । हलेशी तुवाचुङ नगरपालिका वडानम्बर–११ राजापानीको भाँडबेशी र मंशिरेमा केन्द्रीय विद्युत प्रशारण लाईन विस्तार गरिएको हो ।

           उज्यालो नगरअभियान अन्तर्गन हलेशी तुवाचुङ नगरपालिकाद्धारा विनियोजित बजेट र प्राधिकरणको प्राबिधिक सहयोगमा केन्द्रीय विद्युत प्रशारण लाईन बिस्तार गरिएको हो । केन्द्रीय विद्युत प्रशारण लाईनको हलेशी तुवाचुङ नगरपालिका नगर प्रमुख ईवन राईले शुक्रबार उद्धघाटन गरेका हुन् । 

    Bidut Bistaar.jpg

          विद्युत उद्धघाटन नगर प्रमुख ईवन राईलगायत स्थानिय

          ११ वटा वडा रहेको हलेशी तुवाचुङ नगरपालिकालाई उज्यालो नगरपालिका बनाउने लक्ष्यकासाथ विद्युत पुग्न बाँकी वडा नं. १ बाहुनीडाँडा र वडा नं. २ डिकुवामा तीव्रगतीमा विधुतीकरणको काम भईरहेको नगरपालिकाले जनाएको छ ।

            उज्यालो नगरपालिका बनाउने अभियान अन्तर्गत धिपधिपे बत्तीलाई ईतिहासमा सिमित गर्दै केन्द्रीय प्रसारण लाइनको विजुली विस्तार गरिएको नगर प्रमुख राईले बताए । राजापानीको भाँडबेशी र मंशिरेका ४८ घरधुरी विद्युत सेवाबाट लाभाविन्त बनेको स्थानिय दिलिप वुढाथोकीले बताए । गाँउमा केन्द्रीय विद्युतको पहुँच पुगेपछि स्थानियले खुशीयाली मनाएका छन । 

     

    सम्बन्धित समाचार