Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    यातायातमा पनि स्वास्थ्य सर्तकताको कमी

    कोरोना फैलिएपछि खोटाङका विभिन्न कार्यालयको अत्यावश्यक बाहेकका सेवा ठप्प

    कोरोना फैलिएपछि खोटाङका विभिन्न कार्यालयको अत्यावश्यक बाहेकका सेवा ठप्प


    • शुक्रवार, कार्तिक १४ २०७७

    • नेपाल वाइड


    कोरोना फैलिएपछि खोटाङका विभिन्न कार्यालयको अत्यावश्यक बाहेकका सेवा ठप्प
    दिक्तेल बजार:तस्बिर सौजन्य

            खोटाङ । कोरोना संक्रमण फैलिएका कारण खोटाङका विभिन्न सरकारी कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द भएको छ । जिल्ला समन्वय प्रमुख बबी चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, डिएसपी नारायणप्रसाद चिमरिया र सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठलाई कोरोना संक्रमण पूष्टी भएपछि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायतका कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा ठप्प पारिएको हो ।

           बिहिबारदेखि लागूहुने गरी अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयले शान्ती सुरक्षा र मुद्धा सम्बन्धी बाहेक अन्य सम्पूर्ण सेवा बन्द गरेको छ । कार्यरत कर्मचारीको पिसिआर परिक्षणको अर्को रिपोर्ट नआएसम्मलाई जिल्ला समन्वय समिति सिल गरिएको छ ।
    यस्तै, जिल्ला प्रशासन, जिल्ला समन्वय समितिसँगै प्रांगण भएकाले सेवा प्रवाह गर्दा कर्मचारी र सेवाग्राहीमा कोरोना संक्रमण हुन सक्ने भन्दै मालपोत कार्यालयले सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ ।

         दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको जनाएको छ । डिएसपी चिमरिया तथा उनका सम्पर्कमा आएका सबैजना होम आइसोलेसनमा बसेका कारण जिल्ला प्रहरी कार्यालय भने सिल गरिएको छैन ।

         कात्तिक ९ गते जिल्ला समन्वय समिति प्रमुख चाम्लिङ, प्रमुख जिल्ला अधिकारी पौडेल, डिएसपी चिमरीया र कात्तिक १० गते सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई कोरोना संक्रमण पूष्टी भएको थियो । जिल्लामा हालसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ३८ जना पुगेको छ । जिल्ला अस्पताल खोटाङका डाक्टर प्रविण झाका अनुसार संक्रमितमध्ये ११ जना उपचारमा छन् भने २७ जना कोरोना जितेर घर फर्किसकेका छन् ।

     स्वस्फुर्त दिक्तेलबजार बन्द

           खोटाङका तीन वटा कार्यालयका प्रमुखलाई कोरोना संक्रमण पुष्टि भए लगत्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माइकिङ गरेर दिक्तेलबजारमा किराना र औषधि पसल बाहेकका सम्पूर्ण पसल बन्द गर्न आव्हान गरेको छ । मानिसहरु दशैँमा चाडबाड मनाउन दिक्तेलबजार बाहिर गएका कारण पनि पसलहरु बन्द नै रहे । दशै सकिदै जाँदा दिक्तेलबजार भित्रिएकाहरुले स्वस्र्फुत रुपमा पसलहरु बन्द गरेर कोरोना संक्रमण रोकथाममा सहयोग गरेका छन् । प्रहरीले पनि नगरपालिकाको सूचना अनुसार नै कडाइ गरिरहेको छ ।


    यातायातमा पनि स्वास्थ्य सर्तकताको कमी

          दशै सकिनै लाग्दा यातायातमा भिडभाड देखिएको छ । चाड मनाउन जिल्ला आएकाहरु पुनः कर्मथलोमा फर्कदा यातायातमा चाप बढेको छ । तर, स्वास्थ्य सुरक्षा सर्तकतामा भने बेवास्ता गरिएको देखिएको छ । कोरोना भाइरस समुदायस्तरमा फैलदा यात्रु तथा यातायातका कर्मचारीले मास्क समेत प्रयोग गरेको देखिएको छैन ।

    सम्बन्धित समाचार