Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस गर्ने वडाअध्यक्ष पक्राउ

    भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस गर्ने वडाअध्यक्ष पक्राउ


    • शुक्रवार, कार्तिक १४ २०७७

    • नेपाल वाइड


    भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस गर्ने वडाअध्यक्ष पक्राउ
    प्रतिकात्मक तस्बिर

            भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस गरिदिने कैलालीको धनगढी उपमहानगरपालिका–१२ का वडाअध्यक्ष गणेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष जोशीले भारतीय नागरिक अलियास अन्सारीलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोप लागेको जिल्ला प्रहरी कायालयका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

          २० फागुन ०७५ मा धनगढी उपमहानगरपालिका–१२ का हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुबा बनाएर सिफारिस बनाइदिएको भेटिएपछि जोशीलाई पक्राउ गरिएको बिष्टले बताए ।

          नक्कली बुबा बनेका चौधरी फरार छन् । उनको खोजीकार्य भइरहेको बिष्टले बताए । पक्राउ परेका वडाअध्यक्ष जोहीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार