Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    १८ दिनदेखि बेपत्ता दुई किशोर-किशोरीको शव कञ्चनपुरमा भेटियो

    १८ दिनदेखि बेपत्ता दुई किशोर-किशोरीको शव कञ्चनपुरमा भेटियो


    • शनिवार, कार्तिक १५ २०७७

    • नेपाल वाइड


    १८ दिनदेखि बेपत्ता दुई किशोर-किशोरीको शव कञ्चनपुरमा भेटियो
    सांकेतिक तस्बिर

            कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ मालुमेलास्थित जङ्गलमा शनिबार बिहान दुई जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कैलालीको गोदावारी नगरपालिका-११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव भेटिएको हो ।  

          दुवै जना गत २८ असोजदेखि परिवारको सम्पर्क बाहिर थिए। शनिबार बिहान जङ्गलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

         “दुवै जना असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको बुझिन आएको छ” प्रवक्ता थापाले भने, “घटनास्थल नजिकै सल्फास नामक विषादीको बट्टा पनि भेटिएको छ । थप अनुसन्धान हुँदैछ ।”     

        घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र कृष्णपुरको गुलरीया प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले कोलीको शव सडिसकेको अवस्थामा भेटिएको जनाएको छ।     

        यसैबीच, कञ्चनपुरको महाकाली नदीमा शनिबार बिहान भीमदत्त नगरपालिका–६ का २३ वर्षीय सरोज चौधरीको शव भेटिएको छ । गत मङ्गलबार साथीहरूसँग दोधारा चाँदनी झोलुङ्गे पुल घुम्न गएका बेला नुहाउने क्रममा चौधरी बेपत्ता भएका थिए ।     

         प्रहरी प्रवक्ता थापाका अनुसार झोलुङ्गे पुलबाट करीब २०० मिटर दक्षिणमा चौधरीको शव भेटिएको हो । बेपत्तापछि प्रहरी र स्थानीयवासी खोजी कार्यमा जुटेपनि चौधरीको अवस्था पत्ता लगाउन सकेका थिएनन् । शनिबार बिहान भने नदीमा माछा मार्ने क्रममा शव भेटिएको हो । प्रहरीले आवश्यक कानूनी प्रक्रिया पूरा गरेर शव आफन्तको जिम्मा लगाउने जनाएको छ । रासस 

      

     

    सम्बन्धित समाचार