Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नवलपरासीमा एकै दिन चार जना कोरोना संक्रमितको मृत्यु

    नवलपरासीमा एकै दिन चार जना कोरोना संक्रमितको मृत्यु


    • शनिवार, कार्तिक १५ २०७७

    • नेपाल वाइड


    नवलपरासीमा एकै दिन चार जना कोरोना संक्रमितको मृत्यु
    कोरोना संक्रमितको मृत्यु भएपछि चित्तामा जलाएर दाहसंस्कार गरिदै

        नवलपरासीका आज एकै दिन चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुई जनाको होम आइसोलेशनमै रहेको अवस्थामा र अस्पतालको आइसोलेशनमा २ जना गरी आज एकै दिन चार जनाको मृत्यु भएको हो ।

          होम आइसोलेशनमा रहेका नवलपरासीपूर्व कावासोती नगरपालिका ६ निवासी ६७ वर्षीय पुरुष र गैंडाकोट नगरपालिका २ निवासी ७७ वर्षीया महिलाको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले जानकारी दिए ।

         त्यस्तै, गैंडाकोट नगरपालिका १३ का ३८ वर्षका पुरुषको आज नै चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको गैंडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिए ।

         यसैगरी, नवलपुरकै बिनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासकी ६४ वर्षीय महिलाको पनि चितवन मेडिकल कलेजमा आज नै मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

          ती महिला दम र श्वासप्रश्वाससम्बन्धी समस्या (सीओपीडी) भई कात्तिक १२ गते अस्पताल भर्ना भएकी थिइन् । असोज १३ गते कोरोना पोजेटिभ देखिएकी ती महिलाको आज बिहान साढे ९ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

           होम आइसोलेशनमा मृत्यु भएका कावासोतीका पुरुषलाई नगरपालिकाको समन्वयमा नारायणी नदीमा लगेर चितामा जलाएर दाहसंस्कार गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गर्दै परिवारको मागअनुसार दाहसंस्कार गर्न दिइएको नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनीले बताइन् ।

    सम्बन्धित समाचार